
काठमाडौँ।नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले आफूलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिएकोमा असन्तुष्टि जनाएका छन्।उनले आफूसँग परामर्श नगरी उक्त जिम्मेवारी दिइएको पनि उल्लेख गरेका छन्।
आज सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘नेपाली कम्युनिष्ट पार्टीको कार्यविभाजन अन्तर्गत मलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकिएको कुरा मसँग परामर्श बिना सार्वजनिक भएकोले सार्वजनिक रुपमै यति भन्नुपर्ने भयो -सबैजसो प्रदेशमा युवा पुस्तालाई इन्चार्जको जिम्मा दिएर सुदूरपश्चिम प्रदेशमा बुढा पुस्तालाई जिम्मेवारी दिनु अलि मिलेन,’ ‘त्यहाँ पनि युवा पुस्तालाई नै इन्चार्जको जिम्मेवारी दिनु उपयुक्त हुन्छ।’
नेकपाले सोमबार सुदूरपश्चिम इन्चार्जमा भीम रावल र सहइन्चार्ज भानुभक्त जोशी, रञ्जिता श्रेष्ठ, खगराज भट्टलाई चयन गरेको थियो।
काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने भएकाले आवश्यक सर्तकर्ता अपनाउन...
काठमाडौं : हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव...
हेटौंडा: बागमती प्रदेशमा सुशासन प्रणाली सुदृढ गर्ने उद्देश्यले नीति संवाद कार्यशाला सम्पन्न भएको छ । प्रदेश तथा स्थानीय शासन सवलिकरण...