नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ।

शुक्रबार भएको उक्त भेटमा नेपाल–अमेरिका आर्थिक साझेदारी, विकास सहायता तथा द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटका क्रममा दुई देशबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा समेत सहमति खोजिएको बताइएको छ।

दूत गोरले यसअघि परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि भेटवार्ता गरेका थिए।

विहीबार साँझ काठमाडौँ आएका गोरले आजै सगरमाथा बेसक्याम्पको भ्रमणसमेत गरेका थिए। दक्षिण तथा मध्य एसियासम्बन्धी अमेरिकी कूटनीतिक सक्रियता बढिरहेका बेला, केही दिनअघि मात्र सहायक विदेशमन्त्री समिर पल कपूरको नेपाल भ्रमणपछि गोरको आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०८३ बैशाख १८, १८: ३४

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०८३ बैशाख १८, १८: ३४

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०८३ बैशाख १८, १८: ३४

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...