

नयाँ विकल्प,
काठमाडौं – नेपाल िआयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मुल्य घटाएको छ ।
निगमका अनुसार डिजेल र मट्टीतेलमा प्रति लिटर एक रुपैयाँ घटाइएको छ । निगमले निर्धारण गरेको नयाँ मुल्य अनुसार अब डिजेल र मट्टीतेलको मुल्य प्रति लिटर ९० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।
यो खुद्रा मुल्य काठमाडौंमा रहेको निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसर भित्रको क्षेत्रमा कायम गरिएको छ । पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मुल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ ।
इण्डियन आयल कर्पोरेसन (आइओसी)बाट भदौ ३१ गते प्राप्त खरिद मुल्य अनुसार पेट्रोलिय पदार्थको मुल्य समायोजन गरिएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले जनाएका छन् ।
नेपाल आयल निगम र इण्डियन आलय कर्पोरेसनबीच संचालन हुँदै आएको स्वचालित मुल्य सूची प्रणालीअनुसार हरेक १५÷१५ दिनमा पेट्रोलियम पदार्थको मुल्य समायोज हुँदै आएको छ ।
हाल पेट्रोलियम पदार्थमा मुल्य समायोजन भएपछि भारतीय सीमा रक्सौलसँग जोडिएको नेपालको बीरगंज क्षेत्रमा पेट्रोल प्रतिलिटर २९ रुपैयाँ ४४ पैशा र डिजेल प्रतिलिटर ३६ रुपैयाँ ३८ पैशा सस्तो रहेको निगमले जनाएको छ ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...