

नयाँ विकल्प,
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार दिउसो १२ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाए।
प्रधानमन्त्री कार्यालय सिंहदरवार निर्माणधीन अवस्थामा रहेकोले प्रधानमन्त्री सहभागि हुने हरेक बैेठक र कार्यक्रम प्रधानमन्त्री निवास बालुवाटरमानै आयोजना हुने गरेका छन् ।
बिहीबार मन्त्रिपरिषद्को बैठकमा सहभागि हुन मन्त्रीहरु कोही १२ बज्नु अघिनै र कोही ठिक समयमा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। तर प्रधानमन्त्री ओलीको भने अत्तोपत्तो थिएन। प्रधानमन्त्री ओली बालुवाटार भित्रै भएपनि मन्त्रिपरिषद्को बैठक कतिखेर सुरु हुने भन्ने समयको कसैलाई पत्तो थिएन।
प्रधानमन्त्रीको यो ढिलाई पहिलो भने होइन। उनी समयमा नपुग्ने नेताका रुपमा नेकपा भित्र परिचित छन् । मन्त्रीका गाडिहरु बालुवाटारमा खचा खच थिए। सुरक्षाकर्मी र स्वकीय सचिवहरु ह्ेर्दा लाग्थ्यो आज प्रधानमन्त्री निवासमा देउसी भैलो चलिरहेको छ।
अधिकांस मन्त्रीहरुले मन्त्रिपरिषदको बैठकका लागि दुई वा तीन घण्टाको समय छुट्टाएका हुन्छन् । अपवाद बाहेक यो बैठक संचालन हुने समय पनि यही हो। तर बिहीबार भने प्रधानमन्त्री ओलीले समय तालिाकामा चरम लापरवाही देखएको एक मन्त्रीले नयाँ विकल्पसंग गुनासो गरे।
१२ बजे बैठक कक्षमा जम्मा भएको कोही मन्त्रीहरु एक आपसमा गफ गरेर समय बिताउथे भने कोही प्रधानमन्त्री आउने बाटोमा आँखा तेर्स्याउँथे । १२ बजे बालुवाटारमा जम्मा भएका मन्त्रीहरुलाई प्रधानमन्त्री र उनको सचिवालयले न बैठक सरेको जानकारी गरायो न रद्ध भएको।
प्रधानमन्त्रीका सचिवालयका सदस्यहरुले प्रधानमन्त्री एक छिनमा आउनु हुन्छ भन्दै दिनभर आश्वस्त पार्ने काम मात्रै गरीरहे। लामो समय बैठक कक्षमा कुर्नु पर्दा कोही मन्त्री त निदाएको समेत एक सदस्यले बताए।
बाँकी अधिकांस मन्त्रीहरुले भने फेसबुक र ट्विटरमा समय काटेका थिए। एक छिन भन्दा भन्दै घडीले अपरान्हको तीन बजायो। त्यसपछि मात्र प्रधानमन्त्री ओली बैठक कक्षामा प्रवेश गरे र मन्त्रिपषिदको बैठक शुरु भयो।
प्रधानमन्त्रीले बैठकमा समय ढिला भएकोमा कुनै पश्चाताप गरेनन्। उल्टै राजा महाराजा शैलीमा आज अलिक समय तपाईहरुलाई कुर्नुपर्यो है भन्दै आफै मुस्कुुराए। बिहीबारको क्याविनेट बैठक विनकारण ढिलाई हुुदै मन्त्रिहरुका धेरै सेड्युल ध्वस्त भएका थिए।
‘प्रधानमन्त्री किन ढिला आएका हुन् सुतेर बसेका हुन कि अन्य काम परेर मैले त केही पत्तो पाईन एक मन्त्रीले नाम नलेख्ने शर्तमा भने’ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...