समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु, पहिलो दिन ३७८ जनाको फिर्ता – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु, पहिलो दिन ३७८ जनाको फिर्ता

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई राहत दिन बचत रकम फिर्ता प्रक्रिया सुरु गरेको छ । पहिलो चरणमा तीन वटा सहकारीका ३ सय ७८ जना बचतकर्ताले आफ्नो रकम फिर्ता पाएका छन् ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार कान्तिपुर सहकारीका २ सय १५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ तथा पशुपति सहकारीका ७ जना साना बचतकर्तालाई रकम फिर्ता गरिएको हो ।

समितिले पहिलो दिन न्यून बचत भएका बचतकर्ताबाट भुक्तानी सुरु गरिएको जनाएको छ । आगामी दिनमा बचत रकमको आधारमा वर्गीकरण गर्दै चरणबद्ध रूपमा रकम फिर्ता गरिने बताइएको छ ।

हाल समस्याग्रस्त सहकारीमा करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको समितिको तथ्यांक छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन् ।

पाँच लाख रुपैयाँभन्दा कम बचत भएका व्यक्तिलाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचत गर्नेहरुलाई ठूला बचतकर्ताको रूपमा वर्गीकरण गरिएको छ । कुल बचतकर्तामध्ये १८ हजार जनाले पाँच लाखभन्दा बढी रकम बचत गरेको समितिले जनाएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल ले बचत फिर्ता प्रक्रियासँगै सहकारीहरूको ऋण असुली कार्य पनि तीव्र पारिएको बताइन् ।

उनका अनुसार ऋणीहरूको नाम सार्वजनिक हुन थालेपछि ऋण फिर्ता गर्ने क्रम बढेको छ । समितिका अनुसार हालसम्म समस्याग्रस्त सहकारीका ऋणीबाट २ करोड रुपैयाँभन्दा बढी रकम असुल गरिएको छ ।

समितिले ऋण असुली र बचत फिर्ता प्रक्रिया सँगसँगै अघि बढाइने जनाएको छ ।

सम्बन्धित समाचार

संसद्का दुवै सदनको बैठक बस्दै
संसद्का दुवै सदनको बैठक बस्दै
  • २०८३ जेष्ठ ४, २०: ११

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो...

संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
  • २०८३ जेष्ठ ४, २०: ११

काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक बुधबार छुट्टाछुट्टै बस्ने भएको छ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११...

भारतले नेपाललाई दियो १० वटा कैदी बोक्ने ट्रक
भारतले नेपाललाई दियो १० वटा कैदी बोक्ने ट्रक
  • २०८३ जेष्ठ ४, २०: ११

वीरगञ्ज : भारत सरकारले नेपाललाई १० वटा कैदी बोक्ने ट्रक हस्तान्तरण गरेको छ । भारतका वीरगञ्जस्थित महावाणिज्यदूत देवी सहाय मीणाले...