
काठमाडौं : नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली मलेसियालाई पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा पराजित गरेको छ ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले मलेसियालाई दुई विकेटले पराजित गरेको हो । जितका लागि मलेसियाले दिएको ६८ रनको लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका लागि सम्झना खड्काले सर्वाधिक ३२ रनको योगदान दिइन् । उनले ३९ बलमा दुई चौकाको सहयोगमा ३२ रन बनाएकी हुन् । त्यस्तै रुबी पोद्दारले १५ रन बनाउँदा कविता जोशीले छ जोडिन् ।
बलिङतर्फ मलेसियाकी नूर कलिसाले तीन विकेट लिइन् भने आइसा एलिसा र एल्सा हन्टरले समान दुई–दुई विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ६७ रनको योगफल बनाएको थियो । मलेसियाका लागि एल्सा हन्टरले सर्वाधिक १० रन बनाइन् । त्यस्तै, कप्तान मास एलिसाले आठ रन जोड्दा माहिरा इजाती र एर्दिना बेलले समान सात–सात रन बनाए ।
नेपालका लागि पूजा महतोले तीन विकेट लिइन् भने रिया शर्मा र मनिषा उपाध्यायले समान दुई–दुई विकेट लिए । कविता कुँवर र सीता रानामगरले समान एक–एक विकेट लिए ।
एसियन छनोट तथा एसिसी प्रिमियर कप खेल्न मलेसिया पुगेको नेपाली टोलीले मलेसियासँग दुई अभ्यास खेल खेल्न लागेको हो । नेपाल र मलेसियाबीचको दोस्रो खेल यही जेठ ८ गते हुनेछ ।
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...
काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...