वरीयता मिचेर सरकारले न्यायालयमा राजनीति छिराएको पुनको आरोप – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

वरीयता मिचेर सरकारले न्यायालयमा राजनीति छिराएको पुनको आरोप

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा सरकारले न्यायालयको स्थापित वरीयता प्रणाली मिचेर राजनीति गर्न खोजेको बताएका छन् ।

बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले सरकारले न्यायालयको ८० वर्षको इतिहासमा पहिलोपटक वरीयता मिच्दै चौथो वरीयतामा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाएर न्यायालयमा राजनीति छिराएको टिप्पणी गरे ।

‘अहिले सरकारपक्षलाई वरीयता मिचेर चौथो वरीयतामा रहनुभएका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाएको आरोप लागिरहेको छ,’ पुनले भने, ‘उहाँहरूले राजनीति गर्नुभयो, ८० वर्ष न्याय इतिहासमा वरीयता मिच्नुभयो भन्ने आरोप छ ।’
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा सरकारले न्यायालयको स्थापित वरीयता प्रणाली मिचेर राजनीति गर्न खोजेको बताएका छन् ।

बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले सरकारले न्यायालयको ८० वर्षको इतिहासमा पहिलोपटक वरीयता मिच्दै चौथो वरीयतामा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाएर न्यायालयमा राजनीति छिराएको टिप्पणी गरे ।

विगतमा आफूसम्बद्ध दलले न्यायालयमा राजनीति नगरेको उनको दाबी छ । पुनले संसदीय सुनुवाइ समितिमा समेत प्रक्रिया पूरा गर्नुपर्ने आफ्नो पक्षको माग बेवास्ता गर्दै सत्तापक्षले नियुक्ति प्रक्रियामा अत्यधिक हतार गरेको टिप्पणी गरे ।

‘संसदीय सुनुवाइ समितिमा पनि अत्यन्त हतारो गर्नुभयो । प्रक्रिया पूरा गर्ने हाम्रो माग थियो । तर, सत्तापक्षले निकै हतार गर्नुभयो । हामीले शंकाको लाभ दियौँ,’उनले भने ।

दुईतिहाइ नजिकको जनमतबाट आएको सरकारलाई शंकाको लाभको आधारमा आफूहरूले समेत प्रधानन्यायाधीश नियुक्तिमा समर्थन जनाएको उनको भनाइ छ ।

सम्बन्धित समाचार

संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
  • २०८३ जेष्ठ ६, १५: २९

काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक बुधबार छुट्टाछुट्टै बस्ने भएको छ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११...

भारतले नेपाललाई दियो १० वटा कैदी बोक्ने ट्रक
भारतले नेपाललाई दियो १० वटा कैदी बोक्ने ट्रक
  • २०८३ जेष्ठ ६, १५: २९

वीरगञ्ज : भारत सरकारले नेपाललाई १० वटा कैदी बोक्ने ट्रक हस्तान्तरण गरेको छ । भारतका वीरगञ्जस्थित महावाणिज्यदूत देवी सहाय मीणाले...

वीरगञ्ज महानगरका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज महानगरका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
  • २०८३ जेष्ठ ६, १५: २९

काठमाडौं : वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत पर्साले आज मेयर सिंहविरुद्ध पक्राउ...