‘वामदेवको राष्ट्रिय सभामा नियुक्ति लोकतन्त्रको घातक बिडम्वना’ – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

‘वामदेवको राष्ट्रिय सभामा नियुक्ति लोकतन्त्रको घातक बिडम्वना’

नयाँ विकल्प,
काठमडाौं । साझा पार्टीले प्रतिनिधि सभाको २०७४ साल मंसिरमा भएको पछिल्लो निर्वाचनमा पराजित नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभामा लगिएकोप्रति गम्भीर आपत्ति जनाएको छ ।
‘चुनाव हारेका, आमरूपमा भ्रष्टाचारका गम्भीर आरोपहरू लागेका, गरिब जनताको नाममा ‘कम्युनिष्ट’ राजनीति गरेर आफ्नो जीवन आलिशान बनाएका गौतमलाई राष्ट्रिय सभामा लैजानु विकृत बनाइएको नेपालको लोकतन्त्रको घातक विडम्बना हो’, साझा पार्टीले भनेको छ ।

राष्ट्रिय जीवनमा ख्यातिप्राप्त व्यक्ति तथा विषयगत विज्ञहरू मनोनयका लागि संविधानमा व्यवस्था गरिएको कोटामा सरकारले गौतमलाई राष्ट्रिय सभाको रिक्त सदस्यमा छ महिनापछि नियुक्त गरेको हो ।

आम नागरिकको अपेक्षामाथिको ठाडो उपहास गर्दै लोकतन्त्रको मूल्यमान्यता र संविधानको भावनामाथिको निर्मम प्रहार गरेको साझा पार्टीले शुक्रबार विज्ञप्ती जारी गर्दै जनाएको छ ।

साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘भ्रष्ट, अनैतिक, अनुदार र तानाशाही उन्मुख सरकारले जनतालाई पुन ः एक पटक ‘तिमी कराउँदै गर, हामीलाई केही फरक पर्दैन’ भन्ने हठी सन्देश दिएको छ ।’

संविधानको संरक्षक राष्ट्रपतिले समेत संवैधानिक तथ्यमाथि आँखा चिम्लिएर राष्ट्रिय सभाको गरिमा थप खस्काउने कदमलाई ठाडै सदर गर्नु त्यत्तिकै विडम्वनापूर्ण विषय भएको साझाले ठहर गरेको छ ।

‘संविधानको धारा ७८ को उपधारा ४ ले प्रतिनिधि सभाको निर्वाचनमा पराजित व्यक्तिलाई मन्त्री बन्न रोक लगाएको अवस्थामा चर्चामा रहेजस्तो अनेक छिद्र खोजेर गौतमलाई मन्त्रीमण्डलमा नलैजान साझाले प्रधानमन्त्री ओलीलाई आग्रह गर्दछ’, साझाद्वारा जारी विज्ञप्तमिा भनिएको छ ।

नागरिकप्रतिको चरम वेवास्ताका कारण जनआक्रोश अत्यन्त चुलिएको समयमा नागरिकलाई झनै चिढ्याईए त्यसले मुलुकलाई अकल्पनीय राजनीतिक दुर्घटनाको बाटोमा लैजान सक्नेतर्फ सरकारलाई समयमै सचेत रहन चेतावनी साझाले दिएको छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन २, १३: ४०

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ आश्विन २, १३: ४०

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन २, १३: ४०

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...