
महोत्तरी : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने बताएका छन् ।
बर्दिबासमा आज आयोजित ‘नेपाली कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित मधेस प्रदेशस्तरीय भेला’ एवं ‘जरा अभियान’ लाई सम्बोधन गर्दै सभापति थापाले मधेस प्रदेश सरकारको नेतृत्वमा नेपाली कांग्रेसले निरन्रता दिने बताएका हुन् ।
सभापति थापाले नेपाली कांग्रेस पार्टी र नेताको हरेक गतिविधिलाई सामाजिक आन्दोलनसँग जोडेर अगाडि बढ्न पार्टीपंक्तिलाई निर्देशन दिए ।
सभापति थापाले संस्थापन इतर समूहका नेताहरूलाई क्रियाशील सदस्यता अद्यावधिकमा अवरोध सिर्जना नगर्न पनि आग्रह गरे ।
पार्टीको कुनै पनि क्रियाशील सदस्यले चाहने बेलासम्म सदस्यता अद्यावधिक गर्न पाउने उनले बताए ।
उम्मेदवारलाई कुनै पनि मतदाताले मत नहाल्न पाए पनि पार्टीको क्रियाशील सदस्यले रूख चिन्हभन्दा दायाँबायाँ गरेर मत हाल्छु भन्ने नपाइने सभापति थापाको भनाइ थियो ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...