
नयाँ विकल्प
काठमाडाैं- जुम्लामा १९ औँ अनसन शुरु गरेका डाक्टर गाेविन्द केसीकाे शुक्रबार अनसनकाे शुक्रबार पाचाै दिन पुगेकाे छ ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. केसीले गत भदाैं २९ देखि जुम्ला सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिका– ६ रानीचौरको बाबिरा मन्दिरको धर्मशालाबाट १९ औँ अनसन शुरु गरेका थिए ।

अनसनरत केसीकाे जिवनरक्षाकालागि नेपाल चिकित्सक संघले माग गरेको छ ।
यसअघि १६ असार ०७५ मा पनि उनी जुम्लामा १६औँ सत्याग्रह बसेका थिए । यसअघि भएका सम्झौता पालना नगरेका कारण पछिल्लाे समय काेराेना महामारी फैलिएकाे भन्दै थप संघर्ष गर्नु परेकाे केसीले जनाएका छन् । संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, “गुस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि गरिएको सत्याग्रहप्रति नेपाल सरकारले गम्भिर रुपमा मनन गरी अबिलम्ब बार्ताद्वारा जायेज मागहरुको सम्बोधन गर्दै उहाँको जीवन रक्षा गर्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ ।”
केसी संघका आजीवन सदस्य समेत रहेका छन् । विभिन्न माग राख्दै उनी ६० बर्ष पुरा गरिसकेका एक जना चिकित्सकले चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवामा सर्व साधारण नागरिकहरुको सहज पहुँचका लागि विभिन्न माग राख्दै पटक पटक सत्याग्रह गर्नु परेको र हाल नेपाल सरकारले गरेका सम्झौताहरुको अक्षरस कार्यान्वयन नभएको भनी १९ औं पटकको सत्याग्रहमा होमिन बाध्य भएको समेत संघले जनाएको छ । केसी जुम्लाबाट सत्याग्रह सुरू गरेकाे याे दाेस्राे पटक हाे ।
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...
काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...