माल्दिभ्समाथि सानदार जित निकाल्दै नेपाल काभा महिला भलिबलको सेमिफाइनलमा – Naya Bikalpa
May 26, 2026, Tuesday      Epaper

माल्दिभ्समाथि सानदार जित निकाल्दै नेपाल काभा महिला भलिबलको सेमिफाइनलमा

काठमाडौँ । नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको हो । नेपालले माल्दिभ्सलाई २५–१२, २५–०९ र २५–२० को सेटमा हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्यो ।

यस जितसँगै नेपाल पुल ‘ए’ बाट सेमिफाइनल पुग्ने निश्चित भएको छ । नेपालले प्रतियोगिताको पहिलो खेलमा भारतसँग ३–२ को प्रतिस्पर्धात्मक सेटमा हार व्यहोरेको थियो । त्यसपछि नेपालले किर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै पुनरागमन गरेको थियो ।

सम्बन्धित समाचार

क्यानद्वारा खेलाडी वर्गीकरण : ‘ए प्लस’मा रोहित, दीपेन्द्र र सन्दीप
क्यानद्वारा खेलाडी वर्गीकरण : ‘ए प्लस’मा रोहित, दीपेन्द्र र सन्दीप
  • २०८३ जेष्ठ १०, १९: ०७

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले २०२६ का लागि खेलाडीहरुको वर्गीकरण गरेको छ । पहिलोपटक तीन जना खेलाडी ए प्लस...

नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै
नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै
  • २०८३ जेष्ठ १०, १९: ०७

काठमाडौं । नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ ।खेलमा दुवै टोली विजयी सुरुआतको खोजिमा छन्...

दीपेन्द्रको कप्तानीमा नेपालले एसियन गेम्स क्वालिफायर खेल्ने
दीपेन्द्रको कप्तानीमा नेपालले एसियन गेम्स क्वालिफायर खेल्ने
  • २०८३ जेष्ठ १०, १९: ०७

काठमाडौं : एसियन गेम्स क्वालिफायर खेल्ने नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघले आइतबार दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १४...