
काठमाडौं — आज प्रतिनिधिसभाअन्तर्गत दुई वटा संसदीय समितिको बैठक बस्ने भएका छन्।
कानुन, न्याय तथा मानव अधिकार समिति र सार्वजनिक लेखा समितिको बैठक आज छुट्टाछुट्टै कार्यसूचीसहित बस्ने तय भएको हो।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १२:३० बजे बस्नेछ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा तथा आगामी कार्ययोजनाबारे छलफल हुने छ।
त्यसैगरी, समितिद्वारा होल्डिङ सेन्टरमा गरिएको स्थलगत अनुगमन प्रतिवेदनमाथि पनि छलफल गरिनेछ।
यता, सार्वजनिक लेखा समितिको बैठकमा बेरुजु उच्च रहेका मन्त्रालयका लेखा उत्तरदायी अधिकृतहरूसँग बेरुजु न्यूनीकरणसम्बन्धी विषयमा छलफल गर्ने कार्यसूची रहेको छ।
काठमाडौं : वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत पर्साले आज मेयर सिंहविरुद्ध पक्राउ...
काठमाडौं : सरोकारवाला निकायको महत्त्वपूर्ण सुझावलाई समेटेर अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट लेखनलाई करिब अन्तिम चरणमा पुर्याएको छ । अर्थमन्त्री...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली नागरिकको दैनिक जीवनस्तरमा वास्तविक सुधार ल्याउने दिशामा आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्...