

नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसले मृत्युको ग्राफ दिनहुं उकालो लागिरहँदा शंकास्पद मृत्युको परिक्षण नगर्ने सरकारको नीति तत्काल फिर्ता लिने माग गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको यस्तो नीतिबाट कोरोनाबाट मृत्युको तथ्यांक कम देखाउन सरकारलाई सघाए पनि मृत्युको बढ्दो गति रोक्न नसक्ने भन्दै शक्ति र रणनीति मृत्युको तथ्यांक लुकाउनमा प्रयोग गर्ने कि मृत्युको गति नियन्त्रण गर्न प्रयोग गर्ने ? भनी सरकारसँग प्रश्न गरेका छन् ।
‘कसैलाई संक्रमण छ र छैन व्यापक परिक्षण गर्नु र उ बाट अन्यमा सर्न नदिन सम्पूर्ण सतर्कता राख्नु राज्यको प्रथम दायित्व हो । तर यो अवधिमा कयौंले जीवित छंदै आफ्नो स्थिति बारे पूर्वसूचना पाएनन्, मृत्यु पश्चात् मात्रै कोरोना पुष्टि भएको कयौं विवरण सार्वजनिक भए’, शर्माले जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।
‘मृत्यु पछि मात्रै पीसीआर ?’ भनेर आलोचना अन्त्य गर्न सरकारको पछिल्लो निर्णयले एक हदसम्म सघाउला तर जिम्मेवार राज्यले नागरिकको आलोचनाबाट जोगिने यस्तो उपायले कोरोनाबाट नागरिकलाई जोगाउन नसकिने कांग्रेसको धारणा रहेको छ ।
शंकास्पद मृत्यु भएका ब्यक्तिको परिक्षण गरिनु झनै जरुरी भएको भन्दै प्रवक्ता शर्माले आफ्नो परिवारको सदस्यको मृत्यु हुनुको वास्तविक कारण थाहा पाउनु नागरिकको अधिकार भएको र नागरिकको मृत्युको एकमात्र पनि घटना र कारणलाई शंकास्पद स्थितिमा रहन राज्यले दिनु हुन्न भन्ने सुझाव दिएका छन् ।
जिम्मेवार राज्यले कुनै पनि बहानामा यो दायित्वबाट पन्छिन नमिल्ने भन्दै शर्माले
जीवित छंदै परिक्षण नगरिदिंदा परिवारले एकातर्फ तनाव भोगिरहने अस्वाथ सृजना भएको र परिक्षणबाट मृतकमा संक्रमण पुष्टि भए निकटस्थहरुको परिक्षण गरेर अरुलाई बचाउने कर्तव्य राज्यले निभाउनु पर्नेमा शर्माको जेड थियो ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...