
चलचित्र समीक्षा
सस्मिता पाठक
काठमाडौं । समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ पुरुषको मूल्य उसको हैसियतले र महिलाको अस्तित्व उसको मातृत्वले हर्ने चलन छ । काजीसाब (बिपिन कार्की) अभिनित चलचित्र ‘काजी’ पनि सामाजिक संरचना भित्र प्रेम, त्याग र सम्बन्धको कथा भित्र अल्झिएको छ । चलचित्रको कथा केवल प्रेमको गहिराइको बारेमा मात्र होइन त्यभित्रकोे विचारधाराको बारेमा हो । के निस्वार्थ साँच्चै प्रेमको असली रूप हो वा समाजले नै सिर्जना गरेका कुराहरु हुन । निर्देशक लक्ष्मण रिजालले एक साधारण र निस्वार्थ प्रेमीको कथा देखाउन खोजेका छन् जसमा कतिपय ठाउँमा उनी सफल पनि भएका छन् भने कतिपय ठाउँमा उनले देखाउन खोजेको कथा बेतुक हो की भन्ने महशुस गराउँछ ।
काजिनी (केकी अधिकारी) को बढ्दो शंकाले चलचित्रभित्र अनेकन मोडहरु आउँछन् । उनको श्रीमान र कान्छी बहिनी (गरिमा पन्त) दुवैप्रतिको अनावश्यक शंकाले उनलाई गर्भावस्था भएको नक्कल गर्न वाध्य बनाउँछ । सानो शंकाले श्रीमानश्रीमती भित्र झूटको पहाड कसरी उत्पन्न हुन्छ भन्ने कुरा चलचित्रमा चित्रण गर्न खोजिएको छ ।
चलचित्रको सबैभन्दा बलियो पक्ष भनेको १९९० को दशकको सुरुवाती वातावरणको पुनरुत्थान हो । रेडियो, लालटिनले उज्यालो भित्री भाग र मधुरो उज्यालो कोठाहरूले दर्शकहरूलाई पुरानो यादमा लिएर जान्छ । विशेष गरी भावनात्मक दृश्यहरूको समयमा, पृष्ठभूमि संगीतले दर्शकहरूलाई कथासँग जोड्ने काम गर्छ । बिपिन कार्कीले गरेका काजीको भुमिकाभित्र आदर्श प्रेमी को प्रतीकात्मक रूप देखिन्छ । उनको भूमिका तारिफयोग्य छ । केकी अधिकारीले असुरक्षित र भावनात्मक रूपमा द्वन्द्वग्रस्त पत्नीलाई उत्कृष्ट रूपमा चित्रण गरेकी छिन् । हेमन्त बुढाथोकी, प्रकाश घिमिरे र अन्य कलाकारहरुको अभिनय ठिकठाक नै छ ।
चलचित्र खस्किएको भनेकै पटकथामा हो । धेरै नै सुस्त गतिको कथाले दर्शकलाई हाय काड्न बाध्य बनाउँछ । महिलाको खुशी केवल असल पति खोज्नुमा मात्र निहित छ, र त्यस्तो खुशी धार्मिक उपवास मार्फत प्राप्त हुन्छ भन्ने विचारले आजको आधुनिक र सचेत समाजको मूल्यमान्यतालाई प्रतिबिम्बित गर्दैन । आफ्नी बहिनीलाई शंका गरेपछि गर्भावस्थाको नक्कल गर्ने काजिनीको निर्णयलाई चलचित्रले प्रेम र असहायताबाट जन्मेको कार्यको रूपमा चित्रण गरेको छ । तर के झूट र शंकाले साँच्चै स्वस्थ सम्बन्धको जग बसाल्न सक्छ ? र जब काजीले जानाजानी झूटको सामना गर्नुको सट्टा झूटलाई प्रोत्साहन गर्ने छनौट गर्छन, के यसलाई महानता वा कमजोरीको रूपमा व्याख्या गर्नुपर्छ ?
काजी महिलाहरूप्रति समर्पित कथा हो । चलचित्रको मुख्य कथा अझै पनि परम्परागत सामाजिक ढाँचा भित्र सञ्चालन हुन्छ जहाँ महिलाको पहिचान बच्चा जन्माउने र उनको पतिको खुशीको वरिपरि घुम्छ । छलको महिमा गर्ने र अन्धविश्वास मार्फत समाधान खोज्ने चलचित्रको प्रवृत्ति आजको सन्दर्भमा औचित्य प्रमाणित गर्न गाह्रो लाग्छ । काजी एउटा यस्तो चलचित्र हो जसले दृश्यात्मक र भावनात्मक रूपमा केही समयको लागि दर्शकहरूलाई संलग्न गराउन सक्छ, तर चलचित्र समाप्त हुँदै जाँदा, यसले दिमागलाई यसको धेरै वैचारिक छनौटहरूमाथि प्रश्न उठाउन बाध्य बनाउँछ । काजी प्राविधिक शिल्पकलाको लागि हेर्न लायक छ, तर यसको कमजोर पटकथा र शंकास्पद वैचारिक आधारले अन्ततः चलचित्रलाई झन तल झार्ने काम गर्छ ।
Discover how https://casinos-online-romania.it.com/ simplifies online gambling navigation, offering easy access to top casino games, slots, and reviews.
चितवन । नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तर्गत तुईन खोला नजिक गुडिरहेको कारमा अचानक आगलागी भएको छ । सिमसिम पानी परिरहेको...