
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि समेत अनुसन्धान गर्न सिफारिस गरेको छ ।
आयोगले ती घटनामा भएको मानवीय तथा भौतिक क्षतिमा कार्कीको कुनै संलग्नता रहे–नरहेको र उनका सार्वजनिक अभिव्यक्तिबाट प्रदर्शनकारीहरू उत्तेजित वा आक्रोशित बने–नबनेको विषयमा छानबिन गर्नुपर्ने उल्लेख गरेको छ ।
सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने गतिविधिमा उनीसहित अन्य व्यक्तिहरूको संलग्नता वा दुरुत्साहन रहेको भए त्यसबारे सूक्ष्म अनुसन्धान गरी दोषी देखिए कानुनी कारबाही गर्न आयोगले सिफारिस गरेको हो ।
जेनजी आन्दोलनका क्रममा कार्कीले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिलाई लिएर विवाद भएको थियो । त्यसकै बीच सरकारले उनलाई न्यायिक छानबिन आयोगको अध्यक्ष नियुक्त गरेपछि आलोचना समेत भएको थियो ।
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन र मानव...