गणतन्त्र संसारकै उत्कृष्ट व्यवस्था : राष्ट्रपति पौडेल – Naya Bikalpa
May 29, 2026, Friday      Epaper

गणतन्त्र संसारकै उत्कृष्ट व्यवस्था : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले  गणतन्त्र संसारकै उत्कृष्ट शासन व्यवस्था भएको बताएका छन् ।

१९औं गणतन्त्र दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रले जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको उल्लेख गरे । उनले लोकतन्त्रमा अन्तिम मालिक जनता नै हुने मान्यता स्थापित भएको र संविधानले निर्दिष्ट गरेको व्यवस्थाअनुसार मुलुक अघि बढिरहेको बताए ।

राष्ट्रपति पौडेलले गणतन्त्रले नागरिकलाई राजनीतिक अधिकारसहित एकताबद्ध भएर अघि बढ्ने अवसर प्रदान गरेको बताए । राजनीतिक उपलब्धिमात्र परिवर्तनका लागि पर्याप्त नहुने उल्लेख गर्दै उनले सुशासन र शासकीय चरित्रमार्फत परिवर्तनलाई जनतासँग जोड्नुपर्ने धारणा राखे ।

उनले प्राप्त राजनीतिक उपलब्धिको आधारमा अब आर्थिक समृद्धिको जग बलियो बनाउनुपर्नेमा जोड दिए । राज्यका निकायलाई थप गतिशील बनाउँदै प्रभावकारी सुशासन दिन आवश्यक रहेको उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले वर्तमान सरकार बलियो जनादेशसहित बनेको उल्लेख गर्दै शासकीय सुधारका सय बुँदे कार्यसूचीमार्फत काम अघि बढिरहेको बताए । साथै, गणतन्त्रको मर्यादा र उपलब्धिलाई थप सुदृढ बनाउन सबैले आफ्नो आचरण सुधार गर्दै जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

गणतन्त्र दिवस समारोहमा यसअघि प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहे पनि यसपटक पहिलो पटक राष्ट्रपतिले विशेष सम्बोधन गरेका हुन् ।

सम्बन्धित समाचार

सरकारले ल्यायो २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट (पूर्णपाठ)
सरकारले ल्यायो २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट (पूर्णपाठ)
  • २०८३ जेष्ठ १५, १३: ४९

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको...

कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, न्यूनतम तलब ४० हजार
कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, न्यूनतम तलब ४० हजार
  • २०८३ जेष्ठ १५, १३: ४९

काठमाडौं : सरकारले सरकारी कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को...

शिक्षा क्षेत्रका लागि दुई खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन
शिक्षा क्षेत्रका लागि दुई खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन
  • २०८३ जेष्ठ १५, १३: ४९

काठमाडौं : सरकारले शिक्षा क्षेत्रका लागि दुई खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम...