भूमिहीन सुकुम्बासीलाई रातारात डोजर लगाएर लखेट्नु सरकारको अमानवीय व्यवहार, कांग्रेसले सहँदैन : सभापति थापा – Naya Bikalpa
June 9, 2026, Tuesday      Epaper

भूमिहीन सुकुम्बासीलाई रातारात डोजर लगाएर लखेट्नु सरकारको अमानवीय व्यवहार, कांग्रेसले सहँदैन : सभापति थापा


काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले भूमिहिन, सुकुम्बासीको व्यवस्थापनमा सरकार चुकेको आरोप लगाएका छन् । नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रकार आयोजना गरेको विस्थापनको व्याकुलताः सहरी सुकुम्बासीको स्वास्थ्य र मनोसामाजिक संघर्षको विश्लेषण ग्रिन टेबल छलफल कार्यक्रममा यस्तो बताएका हुन् ।

बाहिरबाट हेर्दा खोला किनारको अव्यवस्थित बस्ती देखिए पनि नागरिकको लागि सबैथोक त्यही भएको सभापति थापाले बताए । ‘सुकुम्बासीको समस्या हल गर्न नेपालको संविधानमा आवासको हक सुनिस्चित गरिएको छ,’ थापाले भने, ‘कानुन अनुसार सुकुम्बासीको व्यवस्थापन गर्नुपर्नेमा हठातमा रातारात उठाउने काम राम्रो भएन । खोलाको छेउमा कुनै सुकुम्बासी रहरले नभई बाध्यताले बसेकाले मानवीय सँवेधनशिलतामा ध्यानदिनुपर्ने सरकारले हठात गरेर नागरिक माथि अन्याय गरेको थापाले बताए ।

‘भूमिहिन, सुकुम्बासीलाई कहाँ कसरी व्यवस्थित तरिकाले समयसिमाको योजना बनाएर सार्नुपथ्र्यो रातविरात सुतिरहेका सुकुम्बासीहरुका टहरा विहान उठ्दा डोजर लगाएर भत्काउनु भनेको नागरिक माथिको अमानवीय कार्य हो ।’ सरकारले गरिवीका विरुद्ध काम गर्नुपर्नेमा गरिबका विरुद्धमा काम गरेको ले हामी टुलुटुलु हेरेर नवस्ने वताए । ‘गरिव र गरिवी फरक विषय हुन्,’ थापाले भने, ‘कोही पनि रहरले गरिब हुँदैन ।’ वाद्धता र विवसता का विच वन्नु परेको गरिवीलाई उल्टै डोजर लगाएर सफा गर्न खोज्नु जनतामाथि सरकारले गरेको अति ठूलो अन्याय हो ।

सभापति थापाले सुकुम्बासी तथा भूमिहीन समुदायका समस्यालाई संवेदनशील र मानवीय ढंगले समाधान गर्नुपर्ने आवश्यकता औँल्याए । सफाइ वा व्यवस्थापनको नाममा नागरिकलाई घरबारविहीन बनाउनु उपयुक्त नहुने उनको धारणा रहेको थियो ।

सरकारको कार्यप्रणालीप्रति टिप्पणी गर्दै थापाले प्रतिपक्षको भूमिकाबाट सरकारलाई सचेत गराउनु र सही दिशा देखाउनु आफ्नो दायित्व भएको बताए । बसोबास ठेगान नहुँदा, कलिला बालबालिकाको शिक्षा र उनीहरुको दैनिकी जीवन यापनमा परेको अशुविधालाई हामी प्रतिपक्षी दलले चुप लागेर वस्न मिल्दैन र हामी चुप लागेर वस्नेवाला पनि छैनौं, प्रतिपक्षीका नाताले सरकारले गरेका राम्रा कामको विरोध गर्दैनैा, राम्रोलाई राम्रो नै भन्ने हो, नराम्रो कामको सरकारलाई सच्चाउन लगाउने हाम्रो जिम्मेवारी हो । जुन परिवारहरुको जिवनी अनिश्चितताको भुमरीमा परेको उहाँहरुले महशुस गरिरहनु भएको छ त्यसप्रति काङ्ग्रेसले गम्भीर भएर नियाली रहेको छ, त्यसैले पार्टिका साथीहरु डा. अमिता प्रधानको नेतृत्वमा हामिले होल्डिङ्ग सेन्टरमा पठाएर सुकुम्बासी परिवारको अवस्था वुझ्ने प्रयास गरिरहेका छैा । अब यो देसैभरको होल्डिङ्ग सेन्टरको अवस्था वुझ्ने प्रयासमा काङ्ग्रेसको केन्द्रीय समिति लागि पर्ने समेत उनले बताएका छन् । तनाव, चिन्ता र जीवन यापन गर्न परेको मानसिक चिन्ताले सुकुम्बासीहरुमा बढ्दै गएको तनाव कम गर्ने उपायहरु पनि समयमै खोजी गर्न उनले सरकारसँग आग्रह गरेका छन ।

ग्रिन टेवलको पाचौं श्रृङखलामा शुक्रबार विस्थापनमा व्याकुलता: सहरी सुकुम्बासीको स्वास्थ्य र मनोसमाजिक सँघर्षको विश्र्लेषण नामक गिन टेवलमा नेपाली काङ्ग्रेसकि केन्द्रीय सदस्य डा. अमिता प्रधानले होल्डिङ्ग सेन्टरको अवस्थाका वारेमा पावर प्रिजेन्ट गरि सहजकर्ताको भुमिका निभाएकी थिइन भने विज्ञका रुपमा कपिल शर्मा , डाक्टर रविन वस्नेतले सुकुम्बासी लगायत मानिसहरुमा मनोबैज्ञानिक त्रासले हुने असरका वारेमा प्रकाश पारेका थिए ।

त्यसैगरी सुकुम्बासीहरुको अवस्थावारे होल्डिङ्ग सेन्टरको निरिक्षणमा केन्द्रीय सदस्य डाक्टर अमिता प्रधानको नेतृत्वमा केन्द्रीय सदस्यहरु , गिता सत्याल, गगा सुनुवार र नेपाल स्वास्थ्यकर्मी सँघकी उपमहासचिव शोभा खरेल उप्रेतीले सहजीकरण गरेका थिए । त्यसैगरि स्थानीय होल्डिङ्ग सेन्टर नजिकका काङ्ग्रेस नेता सविन तामाङ र पुनम लामाले सहजीकरण गरेको बताइएको थियो ।

सम्बन्धित समाचार

प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने
प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने
  • २०८३ जेष्ठ १६, ०७: ५३

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा आर्थिक वर्ष २०८३/०८४ को...

बढ्यो अमेरिकी डलरको भाउ
बढ्यो अमेरिकी डलरको भाउ
  • २०८३ जेष्ठ १६, ०७: ५३

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी...

आज यी स्थानमा वर्षाको सम्भावना
आज यी स्थानमा वर्षाको सम्भावना
  • २०८३ जेष्ठ १६, ०७: ५३

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको मौसम प्रणालीमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखाको...