करेन्ट लगाएर माछा मार्दा दाङमा एकको मृत्यु, ६ जना पक्राउ – Naya Bikalpa
June 14, 2026, Sunday      Epaper

करेन्ट लगाएर माछा मार्दा दाङमा एकको मृत्यु, ६ जना पक्राउ

दाङ । करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा दाङमा एक जनाको मृत्यु भएको छ भने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ।बबई गाउँपालिका–७ को बेलासपुर–कृष्णपुरघाट क्षेत्रमा शनिबार माछा मार्ने क्रममा शान्तिनगर गाउँपालिका–४ हिरापुर निवासी ४७ वर्षीय भोजराज केसीलाई करेन्ट लागेको थियो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमप्रसाद पराजुलीका अनुसार केसीसहित सात जनाको टोलीले ब्याट्रीमार्फत करेन्ट प्रवाह गरेर माछा मार्ने प्रयास गरिरहेका बेला उनी गम्भीर घाइते भई बेहोस भएका थिए।घटनालगत्तै उनलाई उपचारका लागि एम्बुलेन्समार्फत राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर लगिएको थियो। तर उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका प्रहरीको भनाइ छ।

घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी चिराघाट र इलाका प्रहरी कार्यालय खिलतपुरबाट छुट्टाछुट्टै टोली घटनास्थलमा खटिएको थियो।प्रहरीले घटनामा संलग्न रहेको आरोपमा शान्तिनगर गाउँपालिका–४ का रामप्रसाद पाण्डे, मेखलाल रेउले, गणेश अधिकारी, युवराज भण्डारी, सङ्गम पाउ तथा शान्तिनगर गाउँपालिका–३ का गोविन्द सुवेदीलाई नियन्त्रणमा लिएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

२४ घण्टामा काठमाडौंमा २,४०८ चालक कारबाहीमा
२४ घण्टामा काठमाडौंमा २,४०८ चालक कारबाहीमा
  • २०८३ जेष्ठ १७, ०८: ३८

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ४०८ जना सवारी चालक ट्राफिक कारबाहीमा परेका...

कमजोर पटकथाको शिकार ‘काजी’
कमजोर पटकथाको शिकार ‘काजी’
  • २०८३ जेष्ठ १७, ०८: ३८

चलचित्र समीक्षा सस्मिता पाठक   काठमाडौं । समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ...

Navigarea simplificată în jocurile de noroc online devine mai accesibilă cu https://casinos-online-romania.it.com/
  • २०८३ जेष्ठ १७, ०८: ३८

Discover how https://casinos-online-romania.it.com/ simplifies online gambling navigation, offering easy access to top casino games, slots, and reviews.