प्रधानमन्त्री शाहको दाबी : भारतले मात्र होइन, नेपालले पनि केही स्थानमा भारतीय भूमि अतिक्रमण गरेको तथ्य भेटियो – Naya Bikalpa
May 31, 2026, Sunday      Epaper

प्रधानमन्त्री शाहको दाबी : भारतले मात्र होइन, नेपालले पनि केही स्थानमा भारतीय भूमि अतिक्रमण गरेको तथ्य भेटियो

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले नेपाल–भारत सीमा विवाद एकतर्फी नभई दुवै देशसँग सम्बन्धित विषय भएको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा सांसद आर्यन राईको प्रश्नको जवाफ दिँदै उनले भारतले नेपालको भूमि अतिक्रमण गरेको मात्र नभई नेपालले पनि केही स्थानमा भारतीय भूमि प्रयोग गरेको तथ्य फेला परेको बताएका हुन्।

प्रधानमन्त्री शाहले सीमा सम्बन्धी विषयलाई आपसी संवाद र सहमतिका माध्यमबाट समाधान गरिने स्पष्ट पारे। उनले दुई देशबीच छलफल गरी यथार्थ अवस्थाको अध्ययन र समाधान खोजिने बताए।

त्यसैगरी, काठमाडौं उपत्यकाका नदी तथा खोला किनारमा जोखिमपूर्ण अवस्थामा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उल्लेख गर्दै उनले सरकारले कसैलाई विस्थापित गर्ने नभई नागरिकको जीवन रक्षा गर्ने उद्देश्यले काम गरेको बताए।

उनले वास्तविक सुकुम्बासीको व्यवस्थापनका लागि सरकार प्रतिबद्ध रहेको भन्दै जग्गा व्यवस्थापन प्रक्रिया अगाडि बढाउन भूमि सम्बन्धी समिति गठन भइसकेको जानकारी दिए। यस विषयमा तीन मन्त्रालयले संयुक्त रूपमा काम गरिरहेको र दीर्घकालीन समाधानका लागि केही समय लाग्ने उनको भनाइ थियो।

प्रधानमन्त्री शाहले सहकारी बचतकर्ताको रकम फिर्ता प्रक्रियाबारे पनि धारणा राख्दै सरकारको मात्र स्रोत प्रयोग नभई सहकारी संस्थाहरूबाट समेत रकम असुली भइरहेको बताए। उनका अनुसार सहकारीहरूको सम्पत्ति व्यवस्थापन, कर्जा असुली तथा अन्य प्रक्रियामार्फत रकम संकलन गरी पीडित बचतकर्तालाई फिर्ता गर्ने काम भइरहेको छ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रहितविपरीत र आत्मघाती : कांग्रेस
प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रहितविपरीत र आत्मघाती : कांग्रेस
  • २०८३ जेष्ठ १७, १६: ३६

काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा व्यक्त गरेको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल स्पष्टीकरण दिन माग...

प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्रले दियो स्पष्टीकरण
प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्रले दियो स्पष्टीकरण
  • २०८३ जेष्ठ १७, १६: ३६

काठमाडौं : प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले ‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भन्ने अभिव्यक्ति दिएपछि उत्पन्न चर्चाबारे परराष्ट्र मन्त्रालयले...

कांग्रेसको संविधान संशोधन समितिको सहसंयोजकमा खड्का, निर्वाचन ब्युरोको सहसंयोजकमा परियार
कांग्रेसको संविधान संशोधन समितिको सहसंयोजकमा खड्का, निर्वाचन ब्युरोको सहसंयोजकमा परियार
  • २०८३ जेष्ठ १७, १६: ३६

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका दुई वटा महत्वपूर्ण समिति र ब्युरोमा सह–संयोजक मनोनयन गरेका छन् । पार्टी...