
काठमाडौँ । देशभर वर्षाको क्रम घट्न थालेसँगै तापक्रम बढ्ने संकेत देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा कम भएसँगै तराईका विभिन्न क्षेत्रमा गर्मी बढ्ने तथा केही स्थानमा तातो दिन (हिट वेभजस्तै अवस्था) अनुभव हुन सक्ने सम्भावना रहेको छ।
महाशाखाले हिजोदेखि वर्षा कम भएको उल्लेख गर्दै विशेषगरी मधेश प्रदेश, कोशी प्रदेश तथा अन्य तराई क्षेत्रमा तापक्रम बढ्ने जनाएको छ। भोलिदेखि मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागमा पनि तातो दिनको प्रभाव देखिन सक्ने अनुमान गरिएको छ।
मौसम विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार आगामी केही दिनसम्म तराई क्षेत्रमा गर्मी बढ्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। विभागको पछिल्लो तीन दिनको अभिलेखअनुसार देशको अधिकतम तापक्रम ३७ डिग्री सेल्सियससम्म पुगेको छ।
यता, देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा भने आंशिकदेखि सामान्य बदली रहनेछ। साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने सम्भावना पनि रहेको छ।
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा आर्थिक वर्ष २०८३/०८४ को...
काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको मौसम प्रणालीमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखाको...
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट नियुक्त भएका तीन मन्त्री र दुई राज्यमन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ...