रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने – Naya Bikalpa
June 9, 2026, Tuesday      Epaper

रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् ।भारत भ्रमणको तेस्रो दिन लामिछानेले प्रधानमन्त्री मोदीसँग औपचारिक भेट गर्न लागेका हुन् ।

यसअघि मंगलबार उनले भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनसँग नयाँ दिल्लीस्थित पार्टी कार्यालयमा भेटवार्ता गरेका थिए ।भेटमा राजनीतिमा जेन–जी पुस्ताको बढ्दो भूमिका, लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस तथा भविष्यको नेतृत्व विकासलगायत विषयमा छलफल भएको बताइएको छ ।

भाजपा नेतृत्वले लामिछानेलाई रेड कार्पेटसहित भव्य स्वागत गरेको थियो । पाँच दिने भारत भ्रमणका क्रममा लामिछानेसहित उनकी श्रीमती निकिता पौडेल, सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपक बोहोरा र अविनाश आचार्य सोमबार भारत पुगेका हुन् ।

सम्बन्धित समाचार

कांग्रेसका सांसददेखि वडासदस्य समेतलाई सदस्यता अद्यावधिक अनिवार्य गर्न तल्लो तहसम्म सर्कुलर
कांग्रेसका सांसददेखि वडासदस्य समेतलाई सदस्यता अद्यावधिक अनिवार्य गर्न तल्लो तहसम्म सर्कुलर
  • २०८३ जेष्ठ २०, ०९: ०६

काठमाडौं : नेपाली कांग्रेसले पार्टीका सांसददेखि वडा सदस्यसम्मका सबै निर्वाचित जनप्रतिनिधि र पार्टीका विभिन्न तहका पदाधिकारीहरूलाई अनिवार्य रूपमा क्रियाशील सदस्यता...

व्यवसायी भट्ट र अग्रवाललाई आठौं पटक म्याद थप
व्यवसायी भट्ट र अग्रवाललाई आठौं पटक म्याद थप
  • २०८३ जेष्ठ २०, ०९: ०६

काठमाडौं : विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीहरु दीपक भट्ट र सुलभ अग्रवाललाई आठौं पटक थप गरेको छ ।...

६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
  • २०८३ जेष्ठ २०, ०९: ०६

नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...