भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहालाई ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना – Naya Bikalpa
June 9, 2026, Tuesday      Epaper

भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहालाई ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना

काठमाडौँ । विशेष अदालतले घुस लिएको अभियोगमा दोषी ठहर भएका मधेश प्रदेशसभा सदस्य सरोजकुमार सिंह कुशवाहालाई ४ वर्ष १ महिना कैद सजाय सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसूरमा दोषी ठहर गरेको हो ।

अदालतले आज उनलाई ४ वर्ष कैदसँगै ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवानाको सजाय निर्धारण गरेको छ ।

अदालतका अनुसार सिंहले विभिन्न उपभोक्ता समितिबाट घुस तथा कमिसनबापत सोही बराबरको रकम लिएको पुष्टि भएको थियो । उक्त रकमलाई नै भ्रष्टाचारको विगो मानी सजाय तोकिएको हो ।

उनले सार्वजनिक पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐनको दफा २४ अनुसार थप १ महिना कैद सजाय समेत सुनाइएको छ ।

विशेष अदालतले सो रकम जफत गरी असुलउपर गर्न आदेश दिएको छ । साथै जरिवानाको आधारमा अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार १ लाख ५४ हजार ५ रुपैयाँ ५६ पैसा क्षतिपूर्ति शुल्क असुल गरी पीडित राहत कोषमा जम्मा गर्न पनि आदेश दिएको छ ।

सम्बन्धित समाचार

प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने
प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने
  • २०८३ जेष्ठ २०, ०९: २२

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा आर्थिक वर्ष २०८३/०८४ को...

आज यी स्थानमा वर्षाको सम्भावना
आज यी स्थानमा वर्षाको सम्भावना
  • २०८३ जेष्ठ २०, ०९: २२

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको मौसम प्रणालीमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखाको...

सुदूरपश्चिम सरकारमा कांग्रेसको नयाँ शक्ति सन्तुलन, तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
सुदूरपश्चिम सरकारमा कांग्रेसको नयाँ शक्ति सन्तुलन, तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
  • २०८३ जेष्ठ २०, ०९: २२

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट नियुक्त भएका तीन मन्त्री र दुई राज्यमन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ...