रवि लामिछाने र प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट, नेपाल–भारत सम्बन्ध मजबुत बनाउने प्रतिबद्धता – Naya Bikalpa
June 9, 2026, Tuesday      Epaper

रवि लामिछाने र प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट, नेपाल–भारत सम्बन्ध मजबुत बनाउने प्रतिबद्धता

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत लामिछानेसँगको तस्बिर सार्वजनिक गर्दै नेपाल–भारत सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मोदीले लामिछानेसँगको भेटप्रति खुशी व्यक्त गर्दै साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकको सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन् । उनले नेपाललाई भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत प्रमुख साझेदारका रूपमा लिएको स्पष्ट पारेका छन् ।

त्यस्तै, प्रधानमन्त्री मोदीले नेपालसँगको ऐतिहासिक, सांस्कृतिक, आर्थिक तथा जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको बताएका छन् । उनले नयाँ राजनीतिक नेतृत्वसँग सहकार्य गर्दै द्विपक्षीय सम्बन्धलाई अझ प्रभावकारी बनाउने अपेक्षा समेत व्यक्त गरेका छन् ।

रास्वपा सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भारतमा विभिन्न राजनीतिक नेतृत्वसँग पनि भेटवार्ता गरिरहेको छ । मोदीसँगको भेटलाई दुई देशबीचको राजनीतिक संवाद र सहकार्यलाई थप मजबुत बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

सम्बन्धित समाचार

प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने
प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने
  • २०८३ जेष्ठ २०, १६: ५३

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा आर्थिक वर्ष २०८३/०८४ को...

बढ्यो अमेरिकी डलरको भाउ
बढ्यो अमेरिकी डलरको भाउ
  • २०८३ जेष्ठ २०, १६: ५३

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी...

आज यी स्थानमा वर्षाको सम्भावना
आज यी स्थानमा वर्षाको सम्भावना
  • २०८३ जेष्ठ २०, १६: ५३

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको मौसम प्रणालीमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखाको...