रोकिएका आर्थिक सुधार अघि बढाइँदै, अलपत्र आयोजना टुंग्याउने सरकारको प्रतिबद्धता : अर्थमन्त्री वाग्ले – Naya Bikalpa
June 5, 2026, Friday      Epaper

रोकिएका आर्थिक सुधार अघि बढाइँदै, अलपत्र आयोजना टुंग्याउने सरकारको प्रतिबद्धता : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले लामो समयदेखि राजनीतिक इच्छाशक्ति र कानुनी व्यवस्थाको प्रभावकारी प्रयोग अभावमा रोकिएका आर्थिक तथा नीतिगत सुधारलाई सरकारले अब कार्यान्वयनमा लैजाने बताएका छन्।

फिन इलेक्ट्रो–टेक उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री र पार्टी नेतृत्वसँगको छलफलपछि घोषणापत्रमा समेटिएका विभिन्न ऐन, नियमावली तथा कार्यविधिमा आवश्यक सुधार गरी कार्यान्वयन प्रक्रिया अघि बढाइएको जानकारी दिए।

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्न र अर्थतन्त्रमा सकारात्मक सन्देश प्रवाह गर्न महत्वाकांक्षी सुधार कार्यक्रमहरू घोषणा गरिएको बताए। उनले २०४८ सालपछि पहिलोपटक यति व्यापक दायरामा आर्थिक सुधारका कार्यक्रम सार्वजनिक गरिएको दाबी गरे।

उनले पूर्वाधार विकासलाई सरकारको प्राथमिकतामा राखिएको उल्लेख गर्दै वर्षौंदेखि अलपत्र रहेका सडक तथा अन्य पूर्वाधार आयोजनाहरूलाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको बताए। जनताको लगानी फसिरहेका परियोजनाहरूलाई टुंग्याउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।

अर्थमन्त्री वाग्लेका अनुसार हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग तथा सहरी विकासअन्तर्गतका अपुरा आयोजनाहरूलाई एकदेखि तीन वर्षभित्र सम्पन्न गर्ने योजना बनाइएको छ।

राजनीतिक श्रेयको प्रतिस्पर्धाभन्दा माथि उठेर काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय गरी अलपत्र आयोजना सम्पन्न गर्ने अभियानमा सरकार जुटेको बताए।

सम्बन्धित समाचार

सीमा विवादबारे रवि- संवादमार्फत टुंग्याउनुपर्छ, हल्ला गरेजस्तो ढोल बजाएर हुँदैन
सीमा विवादबारे रवि- संवादमार्फत टुंग्याउनुपर्छ, हल्ला गरेजस्तो ढोल बजाएर हुँदैन
  • २०८३ जेष्ठ २२, १६: ४२

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल–भारत सीमा विवाद कूटनीतिक च्यानलमार्फत समाधान गरिने बताएका छन् । शुक्रबार...

नेपाल वायुसेवा निगम सञ्चालक समिति सदस्य छनोट प्रक्रिया अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश
नेपाल वायुसेवा निगम सञ्चालक समिति सदस्य छनोट प्रक्रिया अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश
  • २०८३ जेष्ठ २२, १६: ४२

काठमाडौँ : नेपाल वायुसेवा निगमको सञ्चालक समितिका सदस्य छनोट प्रक्रिया तत्काल अघि नबढाउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी...

सशस्त्रले नियन्त्रणमा लिएका ७७९ गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन
सशस्त्रले नियन्त्रणमा लिएका ७७९ गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन
  • २०८३ जेष्ठ २२, १६: ४२

काठमाडौं : सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशङ्कामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन...