लुम्बिनीका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ – Naya Bikalpa
June 8, 2026, Monday      Epaper

लुम्बिनीका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ

काठमाडौं : लुम्बिनी प्रदेश सरकारका नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएका हुन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको थियो । जसअनुसार एमालेबाट चार जना र जनता समाजवादी पार्टीबाट एक जना गरी पाँच जना नयाँ मन्त्री नियुक्त भएका थिए ।

नवनियुक्त मन्त्रीहरूमा एमालेबाट तुलसीप्रसाद चौधरी, डिल्लीराज भुसाल, रामजीप्रसाद घिमिरे, रत्नबहादुर खत्री र खारेज भइसकेको दल जसपाबाट भण्डारीलाल अहिर रहेका छन् ।

चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, घिमिरेलाई स्वास्थ्य मन्त्रालय, खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सम्बन्धित समाचार

कांग्रेसका सांसददेखि वडासदस्य समेतलाई सदस्यता अद्यावधिक अनिवार्य गर्न तल्लो तहसम्म सर्कुलर
कांग्रेसका सांसददेखि वडासदस्य समेतलाई सदस्यता अद्यावधिक अनिवार्य गर्न तल्लो तहसम्म सर्कुलर
  • २०८३ जेष्ठ २५, १२: ४२

काठमाडौं : नेपाली कांग्रेसले पार्टीका सांसददेखि वडा सदस्यसम्मका सबै निर्वाचित जनप्रतिनिधि र पार्टीका विभिन्न तहका पदाधिकारीहरूलाई अनिवार्य रूपमा क्रियाशील सदस्यता...

व्यवसायी भट्ट र अग्रवाललाई आठौं पटक म्याद थप
व्यवसायी भट्ट र अग्रवाललाई आठौं पटक म्याद थप
  • २०८३ जेष्ठ २५, १२: ४२

काठमाडौं : विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीहरु दीपक भट्ट र सुलभ अग्रवाललाई आठौं पटक थप गरेको छ ।...

वीरगञ्जका मेयर सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वीरगञ्जका मेयर सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
  • २०८३ जेष्ठ २५, १२: ४२

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित ७ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।...