
काठमाडौं : विपक्षी दलहरूको अवरोध कायमै रहेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले सीमासम्बन्धमा दिएको विवादित अभिव्यक्ति सच्याउँदै माफी माग्नुपर्ने भन्दै विपक्षी दलहरूले अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका सभाको बैठक स्थगित गरे ।
संसद बैठक शुरु हुनासाथ विपक्षी दलहरुले उठेर विरोध जनाएका थिए । यही जेठ १७ गते प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री शाहले नेपाल–भारतको सीमा भारतको तर्फबाट नभई नेपालको तर्फबाट समेत अतिक्रमण गरिएको अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर विपक्षी दलहरुले संघीय संसदका दुवै सदनमा विरोध गर्दै आएका छन् ।
काठमाडौं : नेपाली कांग्रेसले पार्टीका सांसददेखि वडा सदस्यसम्मका सबै निर्वाचित जनप्रतिनिधि र पार्टीका विभिन्न तहका पदाधिकारीहरूलाई अनिवार्य रूपमा क्रियाशील सदस्यता...
काठमाडौं : विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीहरु दीपक भट्ट र सुलभ अग्रवाललाई आठौं पटक थप गरेको छ ।...
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित ७ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।...