कोशीसहित विभिन्न प्रदेशमा वर्षा र चट्याङको सम्भावना, हिमाली क्षेत्रमा हिमपातको अनुमान – Naya Bikalpa
June 14, 2026, Sunday      Epaper

कोशीसहित विभिन्न प्रदेशमा वर्षा र चट्याङको सम्भावना, हिमाली क्षेत्रमा हिमपातको अनुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ।

विभागका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका साथै सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहेको छ। मधेश प्रदेशमा आंशिक बदली छ भने सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। यसैबीच, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। अन्य पहाडी भू–भाग तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने मौसम विभागले जनाएको छ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

विभागका अनुसार कोशी प्रदेशका केही स्थानमा तथा देशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ। बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थान तथा मधेश प्रदेशका केही क्षेत्रमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

रातिको समयमा कोशी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ भने मधेश प्रदेशका केही क्षेत्रमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ।

मौसम विभागले मेघगर्जन, चट्याङ र वर्षाको सम्भावना रहेका क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

सम्बन्धित समाचार

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
  • २०८३ जेष्ठ ३१, ०६: ४६

काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको छ ।...

भारतले नेपाली चियामा कडाइ गरेपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान
भारतले नेपाली चियामा कडाइ गरेपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान
  • २०८३ जेष्ठ ३१, ०६: ४६

इलाम : भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने भएका छन् । त्रिपन्न उद्योग आबद्ध...

परराष्ट्रमन्त्री खनाल बेइजिङमा
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
  • २०८३ जेष्ठ ३१, ०६: ४६

काठमाडौँ : परराष्ट्र मन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुगेका छन् ।...