२४ घण्टामा काठमाडौंमा २,४०८ चालक कारबाहीमा – Naya Bikalpa
June 14, 2026, Sunday      Epaper

२४ घण्टामा काठमाडौंमा २,४०८ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ४०८ जना सवारी चालक ट्राफिक कारबाहीमा परेका छन्। कारबाहीबाट राज्यकोषमा चार लाख ५८ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १४० जना चालकलाई कारबाही गरिएको छ। त्यसैगरी, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने ११६ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १३८ जना तथा तीव्र गतिमा सवारी चलाउने २८४ जना चालक कारबाहीमा परेका छन्।

यस्तै, लेन अनुशासन पालना नगर्ने ८५ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १०६ जना, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १२४ जना र एकतर्फी सडकमा सवारी चलाउने ११६ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको जनाएको छ।

यसका अतिरिक्त अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने एक हजार ३३५ जना चालकलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन र सडक सुरक्षालाई सुदृढ बनाउन नियमित निगरानी तथा कारबाही अभियान जारी रहने कार्यालयले उल्लेख गरेको छ।

सम्बन्धित समाचार

करेन्ट लगाएर माछा मार्दा दाङमा एकको मृत्यु, ६ जना पक्राउ
करेन्ट लगाएर माछा मार्दा दाङमा एकको मृत्यु, ६ जना पक्राउ
  • २०८३ जेष्ठ ३१, ०७: ३०

दाङ । करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा दाङमा एक जनाको मृत्यु भएको छ भने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले...

कमजोर पटकथाको शिकार ‘काजी’
कमजोर पटकथाको शिकार ‘काजी’
  • २०८३ जेष्ठ ३१, ०७: ३०

चलचित्र समीक्षा सस्मिता पाठक   काठमाडौं । समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ...

Navigarea simplificată în jocurile de noroc online devine mai accesibilă cu https://casinos-online-romania.it.com/
  • २०८३ जेष्ठ ३१, ०७: ३०

Discover how https://casinos-online-romania.it.com/ simplifies online gambling navigation, offering easy access to top casino games, slots, and reviews.