भ्रामक एसएमएसबाट सावधान रहन नेपाल टेलिकमको आग्रह, शंकास्पद लिंकमा क्लिक नगर्न चेतावनी – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

भ्रामक एसएमएसबाट सावधान रहन नेपाल टेलिकमको आग्रह, शंकास्पद लिंकमा क्लिक नगर्न चेतावनी

काठमाडौं । नेपाल टेलिकमले आफ्नो एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस् लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक सन्देश पठाउने गतिविधि भइरहेको भन्दै ग्राहकलाई सतर्क रहन आग्रह गरेको छ।

टेलिकमका अनुसार यस्ता सन्देशमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द गरिएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गर्ने गरिएको पाइएको छ।

कम्पनीले ग्राहकलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंकप्रति विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरण सुरक्षित राख्न पनि आग्रह गरिएको छ।

नेपाल टेलिकमले अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्न, ओटिपी, पासवर्ड, पिन र सिभिभि जस्ता गोप्य विवरण कसैसँग पनि साझा नगर्न सुझाव दिएको छ। साथै, बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्न आग्रह गरेको छ।

यदि शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्था वा सेवा प्रदायकलाई तत्काल जानकारी गराउन पनि कम्पनीले अनुरोध गरेको छ।

ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै नेपाल टेलिकमले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहकलाई सचेत र जिम्मेवार बन्न अपिल गरेको छ।

सम्बन्धित समाचार

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०८३ असार १, ०९: ३९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०८३ असार १, ०९: ३९

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...

रास्वपाको महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक सर्‍यो
रास्वपाको महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक सर्‍यो
  • २०८३ असार १, ०९: ३९

काठमाडौं : प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ । संघीय...