
काठमाडौँ । विश्वकपअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा स्विट्जरल्याण्डले बोस्निया हर्जगोभिनालाई ४–२ गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण जित निकालेको छ।
पहिलो खेलमा कतारसँग १–१ को बराबरी खेलेको स्विट्जरल्याण्डले दोस्रो खेलमा प्रभावशाली प्रदर्शन गर्दै तीन अंक जोड्न सफल भयो।
स्विट्जरल्याण्डको जितमा जोआन मनजाम्बीले दुई गोल गरे भने रुबेन भर्गासले एक गोल थपे। मनजाम्बीले खेलको ७४औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि भर्गासले ८४औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए। मनजाम्बीले ८९औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई थप मजबुत अवस्थामा पुर्याए।
बोस्निया हर्जगोभिनाका लागि इर्मान मेमिचले अन्तिम समयमा एक गोल फर्काए। खेलको ९०औँ मिनेटमा ग्रानिट जाकाले पेनाल्टीमार्फत गोल गर्दै स्विट्जरल्याण्डको जित सुनिश्चित गरे।
यस जितसँगै स्विट्जरल्याण्डले दुई खेलबाट चार अंक जोडेको छ।
काठमाडौँ । सेनेगलविरुद्धको खेलमा फ्रान्सले प्रभावशाली प्रदर्शन गर्दै ३–१ गोलको जित निकालेको छ।खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो...
काठमाडौँ : कप्तान लियोनल मेस्सीको ह्याट्रिकमा साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा सानदार सुरुवात गरेको छ । अमेरिकाको कान्सास सिटी...
काठमाडौँ । जारी फिफा विश्वकपअन्तर्गत समूह जे को खेलमा आज बिहान अस्ट्रिया र जोर्डन आमनेसामने हुँदैछन्। अमेरिकाको क्यालिफोर्नियास्थित लेभिस रंगशालामा...