
काठमाडौं : ब्राजिलले फिफा विश्वकपमा हाइटीमाथि सहज जित हात पारेको छ ।
नेपाली समयअनुसार शनिबार बिहान अमेरिकाको फिलाडेल्फिया रंगशालामा भएको खेलमा ब्राजिलले हाइटीमाथि ३–० गोलको सहज जित हात पारेको हो ।
ब्राजिलको जितमा म्याथ्युस कुन्हाले दुई तथा भिनियस जुनियरले एक गोल गरे । कुन्हाले २३औँ र ३६औँ तथा भिनियसले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।
दोस्रो हाफमा भने दुवै टोलीले गोल गर्न सकेनन् ।
जारी विश्वकपमा ब्राजिलको यो पहिलो जित हो । ब्राजिलले पहिलो खेल मोरक्कोसँग बराबरी खेलेको थियो ।
यो जितसँगै ब्राजिल समूह ‘सी’को शीर्षस्थानमा उक्लिएको छ ।
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...
काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...