नेदरल्यान्ड्सको शानदार प्रदर्शन, स्विडेनमाथि ५–१ को फराकिलो जित – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

नेदरल्यान्ड्सको शानदार प्रदर्शन, स्विडेनमाथि ५–१ को फराकिलो जित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा नेदरल्यान्ड्सले स्विडेनलाई ५–१ गोल अन्तरले पराजित गर्दै शानदार जित निकालेको छ ।

ह्युस्टन स्टेडियममा सम्पन्न खेलमा नेदरल्यान्ड्सका लागि कोडी गाक्पो र ब्रायन ब्रोबेयले समान दुई–दुई गोल गरे भने क्रिसेन्सियो समरभिलले एक गोल थपे ।

खेलको पाँचौँ मिनेटमै ब्रोबेयले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि १७औँ मिनेटमा डेन्जेल डम्फ्रिसको क्रस डिफ्लेक्ट हुँदै आएको बललाई सदुपयोग गर्दै उनले व्यक्तिगत दोस्रो गोल गरे ।

दोस्रो हाफ सुरु भएको दुई मिनेटमै गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता ३–० बनाए । उनले ५४औँ मिनेटमा अर्को गोल थप्दै टोलीलाई ४–० को मजबुत अवस्थामा पुर्‍याए ।

स्विडेनका लागि ५९औँ मिनेटमा वैकल्पिक खेलाडी एन्थोनी एलाङ्गाले सान्त्वना गोल फर्काए । तर खेलको अन्त्यतिर समरभिलले थप एक गोल गरेपछि नेदरल्यान्ड्सले ५–१ को प्रभावशाली जित दर्ता गर्‍यो ।

यस जितसँगै नेदरल्यान्ड्स चार अंकसहित समूह ‘एफ’ को शीर्ष स्थानमा उक्लिएको छ ।

सम्बन्धित समाचार

उरुग्वेसँग केप भर्डेको रोमाञ्चक बराबरी, विश्वकपमा २–२ को नतिजा
उरुग्वेसँग केप भर्डेको रोमाञ्चक बराबरी, विश्वकपमा २–२ को नतिजा
  • २०८३ असार ७, ०७: ४०

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत भएको खेलमा उरुग्वे र केप भर्डेले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका छन्। अमेरिकाको फ्लोरिडास्थित...

हाइटीमाथि ब्राजिलको सहज जित
हाइटीमाथि ब्राजिलको सहज जित
  • २०८३ असार ७, ०७: ४०

काठमाडौं : ब्राजिलले फिफा विश्वकपमा हाइटीमाथि सहज जित हात पारेको छ । नेपाली समयअनुसार शनिबार बिहान अमेरिकाको फिलाडेल्फिया रंगशालामा भएको...

विश्वकप : मोरक्कोको पहिलो जित
विश्वकप : मोरक्कोको पहिलो जित
  • २०८३ असार ७, ०७: ४०

काठमाडौँ। मोरक्कोले विश्वकप २०२६ मा पहिलो जित दर्ता गराएको छ ।समूह ‘सी’को दोस्रो चरणमा आज विहान भएको खेलमा स्कटल्याण्डलाई उसले...