आज अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै, न्याय र आर्थिक सशक्तीकरणमा जोड – Naya Bikalpa
November 22, 2026, Sunday      Epaper

आज अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै, न्याय र आर्थिक सशक्तीकरणमा जोड

काठमाडौं ।  आज १६औँ अन्तर्राष्ट्रिय एकल महिला दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस वर्ष “एकल महिलाका लागि न्याय, सम्मान र आर्थिक सशक्तीकरण” भन्ने नारासहित दिवस मनाउन लागिएको हो।

दिवसका अवसरमा देशका विभिन्न स्थानमा एकल महिलाको सम्मान गर्नुका साथै उनीहरूको वर्तमान अवस्था, अवसर र चुनौतीबारे व्यापक छलफल गरिने कार्यक्रम तय गरिएको छ।

सन् २०११ को तथ्यांकअनुसार नेपालमा कुल महिला जनसंख्यामध्ये करिब ६ प्रतिशत एकल महिला रहेका छन्।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१० डिसेम्बरमा जुन २३ तारिखलाई अन्तर्राष्ट्रिय एकल महिला दिवसका रूपमा घोषणा गरेपछि सन् २०११ देखि यो दिवस मनाउन थालिएको हो। लाखौँ एकल महिला तथा उनीहरूमा आश्रित व्यक्तिहरूले भोग्दै आएको गरिबी र अन्यायलाई सम्बोधन गर्ने उद्देश्यले राष्ट्रसंघले दिवस मनाउने निर्णय गरेको थियो।

राष्ट्रसंघले श्रीमान् गुमाएका, श्रीमान् बेपत्ता भएका, सम्बन्ध विच्छेद गरेका तथा विवाह नगरी बसेका महिलालाई ‘एकल महिला’ का रूपमा परिभाषित गरेको छ।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०८३ असार ९, ०८: ४१

काठमाडौं : हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको तथा पूर्वी भू–भागमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय प्रणालीको आंशिक प्रभाव...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ असार ९, ०८: ४१

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...

प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
  • २०८३ असार ९, ०८: ४१

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह...