
काठमाडौं : लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ द्वारा आयोजित एक दिवसीय ‘लिडरसिप ओरियन्टेसन एन्ड अनुअल प्लानिङ वर्कसप’ लायनहरुमा उत्साह र ऊर्जा सहित कार्याशाला गोष्ठी भव्य रूपमा सम्पन्न भएको छ । डिष्ट्रिक ३२५एफ क्लस्टर २ का क्लस्टर चिफ लायन कुसुम राज रेग्मीको अध्यक्षतामा सम्पन्न कार्याशाला गोष्ठीमा डिष्ट्रिक ३२५एफ का डिष्ट्रिक लिडरहरुको उपस्थितिले कार्याक्रम भव्य र सभ्य रुपमा सम्पन्न हुँदा आयोजक निकै हर्षित देखिन्थे ।
डिष्ट्रिक लिडर लायन मधुकर कुमार उपाध्यायले “अनुअल प्लानिङ फर क्लब सक्सेस” विषयमा सहभागीहरुलाई सफल क्लब बनाउन गरिने रणनीति बारे प्रकाश पार्दै लायन्समा दिगो योजना, टिमवर्क र नियमित मूल्याङ्कनको आवश्यकता वारे जानकारी गराएका थिए । क्लबलाई कसरी हेल्दी बनाउने, क्लबका वार्षिक कार्यक्रमहरुका वारेमा स्पष्ट जानकारी गराएका थिए ।

त्यसैगरी डिष्ट्रिक लिडर लायन डि.आर. खनालले “डिस्ट्रिक्ट प्रायोरिटी प्रोग्राम्स एन्ड गोल्स” वारे जानकारी गराउँदै डिष्ट्रिक तथा अन्तर्राष्ट्रियको लक्ष्य पुरा गर्न अघि बढ्नुपर्ने रणनीतिका वारेमा प्रकाश पारेका थिए ।
लायन वर्ष २०२६/०२७ का क्याविनेट सेक्रेटरी लायन प्रद्युम्न कुमार पोखरेलले “सर्भिस विक : इम्पोर्टेन्स एन्ड प्रिपेरेसन” विषयलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर जानकारी गराएका थिए ।
कार्यक्रममा लायन वर्ष २०२६/०२७ का क्याविनेट ट्रेजरर लायन कृष्ण ज्योति शाक्य, एन.एल.एफ. चिफ लायन भुवन नेपाल, एल.सि.आई.एफ. कोअडिनेटर लायन प्रविन लाकोल, जि.एस.टी. कोअडिनेटर लायन अर्जुन कार्की, एडिसनल क्याविनेट सेक्रेटरी लायन रबिन्द्र रिमाल, एडिसनल क्याविनेट सेक्रेटरी लायन स्वदेश महर्जन, रिजन चियरपर्सन लायन सरस्वती श्रेष्ठ, रिजन चियरपर्सन लायन युवराज पौडेल, जोन चियरपर्सन लायन सुरेश कुमार गुप्ता, लायन गुञ्जना ढुंगाना, लायन अशोक कार्की, तथा लायन जिम्बा जम्बु शेर्पाको सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाउन उल्लेखनीय भुमिका रहेको थियो ।
उक्त कार्यशाला गोष्ठीमा आएका विषय वस्तुहरु अत्यन्त सान्दर्भिक र परिणाममुखी रहेको सहभागीहरुले बताएका थिए ।

उक्त कार्यक्रमले सहभागीहरूबीच सक्रिय अन्र्तक्रिया, अनुभव आदान–प्रदान तथा व्यवहारिक र समसामयिक छलफलले लायन्सका गतिविधिहरुलाई उचाइमा पु¥याउन उल्लेखनीय भुमिका रहने विश्वास गरिएको छ ।
कार्यक्रमको अन्त्यमा “रिभ्यु, कि टेकवेज, क्लब कमिटमेन्ट्स एन्ड एक्सन प्लान” मार्फत आगामी कार्यदिशा स्पष्ट पार्दै सहभागीहरूले सेवा विस्तार, सदस्यता वृद्धि, नेतृत्व विकास र प्रभावकारी योजना कार्यान्वयनमा गर्न मद्दत पुग्ने विश्वास गरेका थिए ।
यस प्रकारका कार्यशालाले लायन्स अभियानलाई थप सशक्त, संगठित र परिणाममुखी बनाउँदै “वि सर्भ” को भावनालाई अझ पभावकारी ढंगबाट अगाडि बढ्ने विश्वास गरिएको छ ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...