विश्वकप २०२६ : राउण्ड अफ ३२ को-को भिड्दैछन् ? – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

विश्वकप २०२६ : राउण्ड अफ ३२ को-को भिड्दैछन् ?

काठमाडौं : उत्तर अमेरिकाका तीन राष्ट्रहरू अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा जारी फिफा विश्वकप २०२६ को समूह चरणका खेलहरू समाप्त भएसँगै राउण्ड अफ ३२ (नकआउट चरण)को समीकरण पूरा भएको छ । आइतबार बिहान अर्जेन्टिना र जोर्डन तथा अस्ट्रिया र अल्जेरियाबीचको खेल सकिएपछि नकआउट चरणमा पुग्ने सबै ३२ टोलीको टुंगो लागेको हो ।

विश्वकपको इतिहासमा पहिलो पटक ४८ राष्ट्र सहभागी भएको यस संस्करणमा समूह चरणमा मात्रै अहिलेसम्मकै धेरै ७२ खेल सम्पन्न भएका छन् । १२ वटा समूहबाट विजेता र उपविजेता बनेका २४ टोली र तेस्रो स्थानमा रहेका टोलीमध्ये उत्कृष्ट ८ टोलीले अन्तिम ३२ मा स्थान बनाएका हुन् ।

समूह ‘ए’ बाट मेक्सिको र दक्षिण अफ्रिका, ‘बी’ बाट स्विट्जरल्याण्ड र क्यानडा, ‘सी’ बाट ब्राजिल र मोरक्को, ‘डी’ बाट अमेरिका र अस्ट्रेलिया, ‘ई’ बाट जर्मनी र आइभोरी कोस्ट, ‘एफ’ बाट नेदरल्याण्ड्स र जापान, ‘जी’ बाट बेल्जियम र इजिप्ट, ‘एच’ बाट स्पेन र केप भर्डे, ‘आई’ बाट फ्रान्स र नर्वे, ‘जे’ बाट अर्जेन्टिना र अस्ट्रिया, ‘के’ बाट कोलम्बिया र पोर्चुगल, ‘एल’ बाट इंग्ल्यान्ड र क्रोएशिया समूह विजेता र उपविजेता बनेर नक आउट प्रवेश गरेका हुन् ।

तेस्रो स्थानमा उत्कृष्ट नतिजाका आधारमा कंगो, स्विडेन, घाना, इक्वेडर, बोसनिया एन्ड हर्जगोभिना, अल्जेरिया, पाराग्वे र सेनेगल नकआउटमा पुगेका हुन् ।

नकआउट चरणका खेलहरू सोमबारदेखि सुरु हुनेछन् । पहिलो खेलमा दक्षिण अफ्रिका र सह-आयोजक क्यानडा भिड्नेछन् । नकआउट चरणमा पराजित हुने टोली सिधै बाहिरिनेछन् भने विजयी हुने १६ टोली राउन्ड अफ १६ मा प्रवेश गर्नेछन् ।

राउन्ड अफ ३२ को खेल तालिका

दक्षिण अफ्रिका भर्सेस क्यानडा : असार १५ गते सोमबार बिहान १२:४५ बजे
ब्राजिल भर्सेस जापान : असार १५ गते सोमबार राति १०:४५ बजे
जर्मनी भर्सेस पाराग्वे : असार १६ गते मंगलबार बिहान २:१५ बजे
नेदरल्यान्ड्स भर्सेस मोरक्को : असार १६ गते मंगलबार बिहान ६:४५ बजे
आइभरी कोस्ट भर्सेस नर्वे : असार १६ गते मंगलबार राति १०:४५ बजे
फ्रान्स भर्सेस स्विडेन : असार १७ गते बुधबार बिहान २:४५ बजे
मेक्सिको भर्सेस इक्वेडर : असार १७ गते बुधबार बिहान ६:४५ बजे
इंग्ल्यान्ड भर्सेस डिआर कंगो : असार १७ गते बुधबार राति ९:४५ बजे
बेल्जिया भसेस सेनेगेल : असार १८ गते बिहीबार बिहान १:४५ बजे
अमेरिका भर्सेस बोस्निया : असार १८ गते बिहीबार बिहान ५:४५ बजे
स्पेन भर्सेस अस्ट्रिया : असार १९ गते शुक्रबार बिहान १२:४५ बजे
पोर्चुगल भर्सेस क्रोएसिया : असार १९ गते शुक्रबार बिहान ४:४५ बजे
स्विट्जरल्यान्ड भर्सस अल्जेरिया : असार १९ गते शुक्रबार बिहान ८:४५ बजे
अस्ट्रेलिया भर्सेस इजिप्ट : असार १९ गते शुक्रबार राति ११:४५ बजे
अर्जेन्टिना भर्सेस केप भर्डे : असार २० गते शनिबार बिहान ३:४५ बजे
कोलम्बिया भर्सेस घाना : असार २० गते शनिबार बिहान ७:१५ बजे

सम्बन्धित समाचार

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
  • २०८३ असार १४, १२: ०७

काठमाडौं : प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको सो विधेयकलाई पारित...

विश्वकपको समूह चरण सकियो : ३२ टोली नकआउटमा, १६ देश बाहिरिए
विश्वकपको समूह चरण सकियो : ३२ टोली नकआउटमा, १६ देश बाहिरिए
  • २०८३ असार १४, १२: ०७

काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको समुह चरणको समूह चरणका खेल सम्पन्न हुँदा ३२ राष्ट्र नकआउट चरणमा प्रवेश गरेका छन्...

सरकारले ल्याएको चार अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस
सरकारले ल्याएको चार अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस
  • २०८३ असार १४, १२: ०७

काठमाडौँ : सरकारले ल्याएका चार अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा सार्वजनिक खरिद...