पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन – Naya Bikalpa
June 29, 2026, Monday      Epaper

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं : अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष डा गोपालप्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री डा वाग्लेले उनलाई शपथ गराएका हुन् ।

यही असार ५ गतेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

शपथपछि अर्थमन्त्री डा वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन पनि दिए । लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने पनि मन्त्री डा वाग्लेको भनाइ छ ।

“कुनै पनि लोभ र प्रभावमा नपरी पुँजीबजारका  लगानीकर्ताको लगानीको सुरक्षा गर्नुहोस्”, अर्थमन्त्री डा वाग्लेले भने, “म साथमा छु । सरकारले सबैखाले सहयोग गर्छ । पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको बाटो समात्ने वातावरण बनाउनुहोस् ।”

अर्थमन्त्री डा वाग्लेले पुँजीबजार सुधारका कामहरू गर्न हरेक दिन, हप्ता, महिना, छ महिना र एक वर्षका योजना के हुन्, त्यो पेस गर्न पनि नवनियुक्त अध्यक्ष भट्टलाई निर्देशन दिए । बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गरिएको भन्दै अर्थमन्त्री वाग्लेले त्यसलाई चिर्न पनि अध्यक्ष भट्टलाई निर्देशन दिए ।

“पुँजीबजार सुधारका योजनाहरू समयसीमा बनाएर कार्यान्वयन गर्नुहोस् । बजारमा आत्मविश्वास बढाउँदै लगेर नियमनको भूमिका कुशलतापूर्वक निभाउनुहोस्”, अर्थमन्त्रीले भने, “मन्त्रालयबाट कुनै प्रकारको हस्तक्षेप हुँदैन । धेरै बोलेर होइन, नतिजामा काम गर्नुहोस् । मलाई हरेक हप्ता बजारको ब्रिफिङ चाहिन्छ ।”

नवनियुक्त बोर्ड अध्यक्ष भट्टले सरकार र अर्थमन्त्रीज्यूको योजनाअनुसार पुँजीबजारको विकासमा इमानदारीपूर्वक काम गर्ने बताए । आफ्नो ज्ञान, अनुभव र सीपलाई पूर्ण रूपमा बजारका लगानीकर्ताको हित र सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने गरी प्रयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

पुँजीबजार सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिसहरू कार्यान्वयन गर्दै बजारको विकासमा निरन्तर काम गर्ने उनको भनाइ छ ।

सम्बन्धित समाचार

सांसद थप जिम्मेवार र अध्ययनशील बन्नुपर्छ : सभामुख अर्याल
सांसद थप जिम्मेवार र अध्ययनशील बन्नुपर्छ : सभामुख अर्याल
  • २०८३ असार १५, ११: ४२

काठमाडौँ| डोलप्रसाद अर्याल ले सांसदका काम, व्यवहार र शैलीलाई जनताले विभिन्न माध्यमबाट निरन्तर नियालिरहेको उल्लेख गर्दै सबै सांसद आफ्नो जिम्मेवारीप्रति...

असार १२ सम्म ११.३३ प्रतिशत मात्रै धान रोपाइँ, मधेशमा सुख्खाले उत्पादन घट्ने चिन्ता
असार १२ सम्म ११.३३ प्रतिशत मात्रै धान रोपाइँ, मधेशमा सुख्खाले उत्पादन घट्ने चिन्ता
  • २०८३ असार १५, ११: ४२

काठमाडौं । यस वर्ष असार १२ गतेसम्म देशभर औसत ११.३३ प्रतिशत धान रोपाइँ भएको सरकारी तथ्यांकले देखाएको छ। कृषि विभाग...

सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख
सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख
  • २०८३ असार १५, ११: ४२

काठमाडौं : सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट नियालिरहेका उल्लेख गर्दै सबै सांसद...