
काठमाडौं । यस वर्ष असार १२ गतेसम्म देशभर औसत ११.३३ प्रतिशत धान रोपाइँ भएको सरकारी तथ्यांकले देखाएको छ। कृषि विभाग ले सार्वजनिक गरेको विवरणअनुसार हालसम्म एक लाख ८६ हजार ५८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। नेपालभर धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ८१ हजार ४८८ हेक्टर रहेको विभागले जनाएको छ।
गत वर्ष यही अवधिसम्म १५.६ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। यस वर्ष भने सिँचाइको अभाव र रासायनिक मलको कमीका कारण रोपाइँ प्रभावित बनेको जनाइएको छ।प्रदेशगत रूपमा सबैभन्दा बढी रोपाइँ कर्णाली प्रदेश मा २२.८ प्रतिशत भएको छ। त्यसपछि लुम्बिनी प्रदेश मा २०.९ प्रतिशत रोपाइँ भएको विभागको तथ्यांक छ।सबैभन्दा कम रोपाइँ मधेश प्रदेश मा भएको छ। त्यहाँ हालसम्म केवल ५ प्रतिशत मात्र रोपाइँ भएको छ। लामो सुख्खाका कारण समयमा रोपाइँ हुन नसकेको विभागले जनाएको छ। मधेश प्रदेशमा धान रोपाइँ हुने कुल ३ लाख ५३ हजार १५० हेक्टर क्षेत्रफलमध्ये हालसम्म १९ हजार १५८ हेक्टरमा मात्रै रोपाइँ भएको छ।
नेपालको प्रमुख अन्न उत्पादन क्षेत्र मानिने मधेशमा रोपाइँ ढिलो हुँदा यस वर्ष धान उत्पादन घट्न सक्ने चिन्ता बढेको छ।
त्यस्तै बागमती प्रदेश मा १२.६ प्रतिशत, कोशी प्रदेश मा ८.३ प्रतिशत, गण्डकी प्रदेश मा १२.७ प्रतिशत तथा सुदूरपश्चिम प्रदेश मा ९.३ प्रतिशत धान रोपाइँ भएको विभागले जनाएको छ।
काठमाडौँ| डोलप्रसाद अर्याल ले सांसदका काम, व्यवहार र शैलीलाई जनताले विभिन्न माध्यमबाट निरन्तर नियालिरहेको उल्लेख गर्दै सबै सांसद आफ्नो जिम्मेवारीप्रति...
काठमाडौं : सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट नियालिरहेका उल्लेख गर्दै सबै सांसद...
काठमाडौं : अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष डा गोपालप्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका छन्...