कांग्रेस सामाजिक अभियन्ता बन्न सक्नुपर्छ : सहमहामन्त्री डा. संग्रैाला – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

कांग्रेस सामाजिक अभियन्ता बन्न सक्नुपर्छ : सहमहामन्त्री डा. संग्रैाला

खोटाङ : नेपाली कांग्रेस यतिबेला गाउँगाउँमा संगठन विस्तारमा लागिपरेको छ । विशेष महाधिवेशनदेखि जरा अभियानसम्म कांग्रेसको नेतृत्व कुनै न कुनै राजनैतिक मुद्दा उठाएर केन्द्रीय सभापतिदेखि पदाधिकारी हुँदै केन्द्रीय सदस्यहरू पनि गाउँ गाउँमा खटिएका छन् ।

यसैक्रममा १५औं महाधिवेशनका लागि नयाँ क्रियाशील सदस्यता वितरणबारे भइरहेको काम अनुगमनका लागि कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौला खोटाङ पुगेकी छन् ।

सो क्रममा डा. संग्रौलाले परम्परागत राजनीतिक मुद्दा र कोठाभित्र गरिने भाषणले मात्रै अब पार्टीले जनतालाई आकर्षित गर्न नसकिने बताएकी छन् । सहमहामन्त्री संग्रौलाले हलेसीमा आयोजित कार्यक्रममा अब कांग्रेसले जनताका दैनिक जनजिविका र सामाजिक मुद्दाहरूलाई प्रमुखताका साथ उठाउनुपर्नेमा जोड दिएकी हुन् ।

उनले राजनीतिक एजेन्डाले मात्रै नागरिकको मन र मत जित्न नसकिने उल्लेख गर्दै कांग्रेस कार्यकर्ताहरू अब गाउँगाउँमा सामाजिक अभियन्ताका रूपमा प्रस्तुत हुनुपर्ने धारणा राखिन् । संगठनभित्र व्यापक सुदृढीकरण, ताजगी र नयाँपनको खाँचो औंल्याउँदै उनले भनिन्, ‘अब कांग्रेस पुरानै ढर्राबाट भन्दा पनि भिन्नै र नयाँ ढंगले समाजमा प्रस्तुत हुनुपर्छ ।’

संगठनमा नयाँपन र ऊर्जा ल्याउनका लागि सिर्जनात्मक अभियानहरू थालनी गर्नुपर्ने डा. संग्रौलाको तर्क थियो । उनले सरसफाइ अभियान, महिला विरुद्ध हुने हिंसा विरुद्धको आन्दोलन र युवा सचेतनाका कार्यक्रमहरू जस्ता रचनात्मक कार्यलाई पार्टीको एजेन्डा बनाउनुपर्ने उल्लेख पनि गरिन् ।

राजनीतिक दलहरू जनताको सुख–दुःखको साथी बन्नुपर्ने भन्दै उनले नागरिकको योगदान र सहभागितालाई कदर गर्ने गरी नयाँ ढंगको अभियान चलाउनुपर्नेमा जोड दिएकी हुन् । ‘अब कांग्रेस सिधै जनतासँग जोडिनुपर्छ र समाज रूपान्तरणको संवाहक बन्नुपर्छ । राजनीतिक कोठाभित्रको गफगाफ र भाषणले मात्र पुग्दैन,’ डा. संग्रौलाले भनिन् ।

सोही अवसरमा कांग्रेस नेता दिपेनकुमार श्रेष्ठले वर्तमान राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसको विकल्प अन्य दल नभई स्वयं कांग्रेस नै भएको प्रष्ट पारे । कांग्रेसलाई समयानुकूल परिमार्जन गर्दै नयाँ ढंगले अगाडि बढाउनुको विकल्प नभएको उनको भनाइ थियो ।

अर्का नेता सुरेश सुब्बाले पार्टीभित्रको यो नयाँ अभियानको मुख्य उद्देश्य नै समग्र राजनीतिको केन्द्रबिन्दुमा पुनः कांग्रेसलाई स्थापित गर्नु रहेको उल्लेख गरे । पार्टीलाई नयाँ उचाइमा पुर्‍याउन र जनतामा गुमेको विश्वास फर्काउन सवै एकजुट हुनुको विकल्प पनि नभएको प्रष्ट पारे ।

सम्बन्धित समाचार

नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
  • २०८३ असार १४, २१: ०९

रौतहट : रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका...

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
  • २०८३ असार १४, २१: ०९

काठमाडौं : मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते...

शिक्षा–स्वास्थ्य करले गरिबलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले
शिक्षा–स्वास्थ्य करले गरिबलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले
  • २०८३ असार १४, २१: ०९

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।...