
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान शिक्षा प्रणालीलाई विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई)सँग जोडेर व्यावहारिक बनाउनुपर्ने बताएका छन्।
भक्तपुरस्थित मिड भ्याली माध्यमिक विद्यालयले आयोजना गरेको ‘स्वागत कार्यक्रम–२०८३’लाई सम्बोधन गर्दै नेपाली कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सरकारले ‘पढ्दै–कमाउँदै’ अवधारणामा आधारित शिक्षालाई प्राथमिकता दिएको बताए।

उनले निजी क्षेत्रले साना–साना लगानीलाई एकीकृत गरी गुणस्तरीय शैक्षिक संस्था सञ्चालन गर्दै समाजमा योगदान पुर्याएको उल्लेख गर्दै मिड भ्याली माध्यमिक विद्यालयको व्यवस्थापन, पारदर्शिता र विद्यार्थी आकर्षित गर्ने क्षमताको प्रशंसा गरे।
सरकारले सामुदायिक विद्यालयका विद्यार्थीमा ठूलो लगानी गरिरहेको भए पनि अपेक्षित शैक्षिक नतिजा हासिल हुन नसकेको स्वीकार गर्दै उनले लोकतान्त्रिक व्यवस्थामा सरकारी र निजी दुवै शैक्षिक संस्थाबीच स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको धारणा राखे।

विद्यार्थीहरूलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले प्रविधिको प्रयोग आवश्यक भए पनि त्यससँगै नैतिकता, अनुशासन र मर्यादालाई समान रूपमा आत्मसात् गर्नुपर्नेमा जोड दिए। उनले अहिलेको पुस्ता मोबाइल र प्रविधिमा बढी निर्भर बन्दै गएको उल्लेख गर्दै त्यसको सही उपयोग गर्न सके मात्र सफलता हासिल गर्न सकिने बताए।
उनले जीवनमा संघर्ष, सफलता र असफलता स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै विद्यार्थीहरूले अभिभावकको विश्वास कायम राख्दै अध्ययनमा मेहनत गर्नुपर्ने सुझाव दिए। साथै, प्रतिस्पर्धाभन्दा सहकार्य, एकअर्काबाट सिक्ने संस्कार र सामूहिक प्रगतिलाई प्राथमिकता दिन आग्रह गरे।
![May be an image of text that says '2026(14 AMSAMUGAN 4 himi, imi,Bhaktapur Bhaktapur college ollege.edu.np .edu.np M bade of ofSE elf Disca bodeSelfDiscd] 1 Valle e'](https://scontent.fktm3-1.fna.fbcdn.net/v/t39.30808-6/731059196_1025447459968396_5939704182245351120_n.jpg?stp=cp6_dst-jpegr_tt6&cstp=mx2048x1536&ctp=s2048x1536&_nc_cat=107&ccb=1-7&_nc_sid=aa7b47&_nc_ohc=pB9UhpsCxw0Q7kNvwHX7JCV&_nc_oc=AdoMHU-jHmKuZYYtwZFg4aVJy6orUCrvK0tNtzrgqBNzGs9v4zdvmYs9l8iqAmRJJKg&_nc_zt=23&se=-1&_nc_ht=scontent.fktm3-1.fna&_nc_gid=gE1Vw1HtWft-iOGminlQRw&_nc_ss=7b2a8&oh=00_Af__fGwtRPQYV2Opx2ayn-lweV-aIWH0bbiWfcso5Lhg2Q&oe=6A46C4E0)
मुख्यमन्त्री बानियाँले विद्यार्थीहरूले राम्रो शिक्षा हासिल गरी परिवार, समाज र राष्ट्रप्रति योगदान पुर्याउने लक्ष्यका साथ अघि बढ्नुपर्ने उल्लेख गर्दै उनीहरूको शैक्षिक यात्राको सफलताको शुभकामना व्यक्त गरे।

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको राष्ट्रिय हितको विषयमा वर्तमान सरकारको रवैया शंकास्पद रहेको...
काठमाडौं : पूर्वप्रधानमन्त्री झलनाथ खनालले विगतका कमजोरी नदोहोरिनेगरी वामपन्थी एकता गर्नुको विकल्प नभएको बताएका छन् । जननेता मदन भण्डारीको हिरक...
काठमाडौं : प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको सो विधेयकलाई पारित...