
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रेणुका काउचाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३५ हजार भन्दा बढी बालबालिकालाई पार्टीमा परिचालित गरेको विषयले आफूलाई निकै गम्भीर र आश्चर्य चकित बनाएको बताएकी छन् ।
सांसद काउचाले नेपालको संविधान, कानुनले समेत बर्जित गरेको अवस्थामा उक्त पार्टीमा ठुलो संख्यामा बालबालिकाहरू रहेको उल्लेख गर्दै उनीहरूले निर्वाचित गरेका पदाधिकारी तथा सदस्यको वैधानिकतमाथि प्रश्न उठेको समेत बताइन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद काउचाले बालबालिकाहरुलाई पार्टीको झोला नबोकाउने भन्दै स्ववियु लगायतका संघ, संस्थाहरु खारेज गर्ने सत्तारुढ दल रास्वपाले संविधान विपरीत बालबालिकालाई पार्टीमा प्रयोग गरेकाले त्यस विषयमा कारबाही गर्नुपर्छ कि पर्दैन ? भन्दै सरकारलाई प्रश्न समेत गरिन् ।
सांसद काउचाले रास्वपा संविधान र कानुनभन्दा माथि नभएको उसले पनि त्यसको पूर्ण पालना गरेर अघि बढ्नुपर्ने समेत बताइन् ।
काठमाडौँ : सरकारले ल्याएका चार अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा सार्वजनिक खरिद...
काठमाडौं : उत्तर अमेरिकाका तीन राष्ट्रहरू अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा जारी फिफा विश्वकप २०२६ को समूह चरणका खेलहरू...
रूपन्देही : चौथो राष्ट्रिय मिडिया सम्मेलनले सरकारको विभेदकारी विज्ञापन नीतिको कडा विरोध गर्दै उक्त नीति तत्काल खारेज गरी समानुपातिक, पारदर्शी...