
नयाँ विकल्प,
काठमाडौं –लामो समय प्रतिक्षा गरेर राष्ट्रियसभा सदस्यमा मनोनित भएका नेकपा उपाध्यक्ष बामदेव गौतमलाई उपप्रधान तथा अर्थमन्त्री बनाउने विषयमा प्रधामन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच फेरि बिवाद शुरु भएको छ।
यही बिवादका कारण सोमबार बस्ने भनिएको नेकपा सचिवालय बैठक समेत मंगलबारका लागि सारिएको छ। प्रधानमन्त्री ओली आफ्ना विश्वास पात्र मानिएका महासचिव विष्णु पौडेलाई अर्थमन्त्री बनाउन चाहन्छन् । तर अध्यक्ष दाहाल भने गौतमलाई त्यो जिम्मेवारी दिन चाहन्छन् । यही बिषयलाई लिएर ओली र दाहालबीच विवाद रहदै आएको छ।
गौतमलाई उपप्रधान तथा अर्थमन्त्रीको जिम्मेवारी दिदा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलेको वरीयता समेत खोसिने भएको छ। उनी सरकारमा प्रधानमन्त्रीदेखि तेस्राे वरीयतामा झर्ने छन् । गौतम प्रधानमन्त्री पछि दोस्रो बरियतामा रहने छन् र यही बिवादका कारण सोमबार बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित भएको छ।
पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति जुटाउन सोमबार कसरत भएको छ। दुई नेताबीच सोमबार भएको भेटपछि बैठक स्थगित भएको स्रोतले बतायो । स्थगित सचिवालय बैठक मंगलबार साढे १२ बजे बस्ने गरी स्थगित भएको हो।
आइतबारको सचिवालय बैठकमा प्रस्तुत एजेन्डाबारे शीर्ष तहमा थप परामर्श तथा गृहकार्य गर्नुपर्ने भएकोले बैठक स्थगित गरिएको बताइएको छ। । पार्टीको जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडा कोटेश्वरमा आइतबार बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको आधार तथा माफदण्डबारे सैद्धान्तिक छलफल भएको थियो। अब बस्ने बैठकले यसको टुंगो लगाउनेछ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...