

नयाँ विकल्प,
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीे विधानको धारा २५ को उपधारा (९) बमोजिम भन्दै केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख रहेको जनसम्पर्क समिति समन्वय विभागमा ३४ जनालाई सदस्यमा मनोनयन गरेका छन् ।
सभपाति देउवाले २०७६ साल फागुन १७ गते जनसम्पर्क समिति समन्वय विभागको प्रमुखमा भट्टराईसहित १३ केन्द्रीय सदस्यलाई विभागीय जिम्मेवारी तोकेका थिए ।
विभागको प्रमुखमा नियुक्तको पाँच महिना १० दिनपछि साउन २६ गते भट्टराईको विभागमा ७ जनालाई सदस्यलाई देउवाले मनोनित गरेका थिए ।
तत्कालिन विधान बमोजिम महाधिवेशन भएको २ महिना भित्र र हाल क्रियाशिल विधान बमोजिम ६ महिना भित्र विभागलाई पूर्णता दिनु पर्ने प्रावधान छ । तर, सभापति देउवाले विभागीय जिम्मेवारी तोकेको पाँच महिनापछि सात जना र ७ महिनापछि ३४ जनालाई विभाग सदस्यमा मनोनित गरेका छन् ।
मनोनित हुनेहरुमा आठ जना विदेशस्थित जनसम्पर्क समितिमा रहेकाहरु छन् भने वाँकी २८ जना स्वदेशकै छन् ।
नेपाली जनसम्पर्क समिति समन्वय विभागको सदस्यमा मनोनित हुनेहरुमा जर्मनका दिलबहादुर गुरुङ्ग, अमेरिकाका सुरज नायक र भरत अर्याल, दक्षिण कोरियाका गिरिराज कुँवर, हङकङका कुलप्रसाद गुरुङ्ग, कतारका नरेन्द्र भाट, भारतका दिनामणि पाण्डे र मलेसियाका सन्तोषप्रसाद रिजाल रहेका छन् ।
विभागको सदस्य मनोनित हुनेहरुमा काठमाडौंका लवराज दाहाल र मनोज भण्डारी, स्याङ्गजाका राम श्रेष्ठ, जगदीश पौडेल र शेषकान्त पुरी, दाङका जानकीलाल बस्नेत र प्रज्ञान न्यौपाने, वीरेन्द्रकुमार माझी मोरङ्ग, प्रेमध्वज लामा सिन्धुपाल्चोक र साम्राज्य बिक्रम पाण्डे कैलाली रहेका छन् ।
तिलकबहादुर भण्डारी रुकुम, पेमा निमा शेर्पा ओखलढुङ्गा, भरत गुरुङ्ग चितवन, मनोज मिश्र धनुषा, श्री सापकोटा नुवाकोटा, नाचोङ गुरुङ्ग मनाङ्ग, विष्णुबहादुर रायमाझी रुपन्देही, कृष्ण सापकोटा गुल्मी, चित्रबहादुर मल्ल मुगु, र जगदीश न्यौपाने तनहुँलाई पनि सदस्यमा मनोनयन गरिएको छ ।
सदस्य मनोनित हुनेमा दीलेन्द्र रावल कञ्चनपुर, बद्री अर्याल धादिङ्ग, नन्दु पुनु नेपाली पर्वत, जगदीश खाँण नवलपुर, जीवन नेपाल इलाम र श्यामप्रसाद उप्रेती दोलखा रहेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।
यसअघि पार्टीले साउन २६ गते पूर्वराज्य मन्त्री तप्तबहादुर विष्ट, संखुवासभाका पूर्व सांसद टंकप्रसाद राई, चितवनकी पूर्वसभासद अञ्जली श्रेष्ठ, गोरखाका जगत बराम, पाल्पाका विमल ढकाल बाजुराकी विध्या तिमिल्सिना र बाराका सुजितकुमार सिंह सदस्यमा नियुक्त गरिसेको थियो ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...