होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा । – Naya Bikalpa
November 22, 2026, Sunday      Epaper

होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।

काठमाडौँ ।  संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित स्थानमा लगेर व्यवस्थापन गर्ने भन्दै सरकारले पहिले सुकुमवासी बस्तीमा डोजर लगाएर हटाइयो । सुरक्षित व्यवस्थापन गर्ने प्रतिबद्धतासहित होल्डिङ सेन्टरमा सारिएका सुकुम्बासी नागरिक आज फेरि बाढीको चपेटामा परेका छन् ।

लत्ताकपडा, खाद्यान्न र जीवनभरको मेहनतले जोडेको सरसामान सवै डुबेको छ । वास र कपासको वेखवरको चपेटामा परेका किर्तिपुर होल्डिङ्ग सेन्टरमा वसिरहेका सुकुम्बासी जनताहरुको अति पीडादायी कुरा त, नियमित सेवन गर्नुपर्ने औषधि समेत बाढीले बगाएको , बिरामी, ज्येष्ठ नागरिक, महिला र बालबालिकाले राज्यवाट अपहेलित हुनुपरेको भन्दै राज्यसँग गुहार मागिरहेका छन तर सरकारले बेवास्ता गरिरहेकोले जन आक्रोश वढिरहेको काङ्ग्रेस सँसदिय दलकी प्रमुख सचेतक वासना थापाले वताएकि छिन ।

सामाजीक सँजाल मार्फत उनले यस्तो असन्तुष्टि पोखेकि हुन । उनले भनेकि छिन , प्राकृतिक विपत्ति रोक्न सकिँदैन, तर त्यसको जोखिम घटाउने तयारी, सुरक्षित पुनर्स्थापना, समयमै पूर्वसूचना, मानवीय व्यवस्थापन र विपत्तिपछि तत्काल राहत सुनिश्चित गर्नु राज्यको दायित्व भएकोले सरकारलाई तत्काल नागरिकलाई जोखिमबाट बचाउने नाममा अर्को जोखिममा नधकेल्न आग्रह गरेकि छिन ।

उनले भनेकी छिन तब त्यो केवल प्रशासनिक कमजोरी हुँदैन त्यो राज्यको जिम्मेवारी निर्वाह गर्न नसकेको स्पष्ट प्रमाण हुन्छ । नागरिकले दया होइन, संविधानले प्रत्याभूत गरेको सुरक्षित र सम्मानजनक जीवनको अधिकार मागिरहेका छन्।

अब पनि जिम्मेवार निकायले तत्काल राहत, स्वास्थ्य सेवा, औषधि, सुरक्षित आवास र दीर्घकालीन पुनर्स्थापनाको स्पष्ट योजना अघि नल्याए यस्ता घटना दोहोरिरहनेछन् । पिडितलाई झन पिडित वनाउदै राज्यको सफलता भाषणले होइन, संकटको घडीमा आफ्ना सबैभन्दा कमजोर नागरिकलाई कसरी जोगाउँछ भन्ने कुराले मापन हुन्छ। प्रमुख सचेतक थापाले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०८३ असार २७, १६: १०

काठमाडौं : हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको तथा पूर्वी भू–भागमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय प्रणालीको आंशिक प्रभाव...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ असार २७, १६: १०

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...

प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
  • २०८३ असार २७, १६: १०

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह...