प्रधानमन्त्री ओलीको रहस्यपूर्ण निर्देशनः लिम्पियाधुरा समेटेको नक्सा तत्काल प्रकाशन नगर्नु – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

प्रधानमन्त्री ओलीको रहस्यपूर्ण निर्देशनः लिम्पियाधुरा समेटेको नक्सा तत्काल प्रकाशन नगर्नु

नयाँ विकल्ल,

कठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नक्सा अनुसारको क्षेत्रफल समेटिएको पुस्तक वितरणमा रोक लगायत निर्देशन दिएका छन् ।

पाठ्यक्रम विकास केन्द्रले तयार पारेको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ नामक सन्दर्भ पुस्तक वितरण तथा थप पुस्तक छपाई नगर्न प्रधानमन्त्रीले शिक्षा मन्त्रालयलाई निर्देशन दिएको शिक्षा मन्त्रालय स्रोतले भन्यो ।

यसभन्दा अघि प्रधानमन्त्री ओलीले सो नक्सा सार्बजनिक गर्न र छपाई गर्न निर्देशन दिएका थिए। तर यसबेला त्यसलाई अचानक रोक लगाउनुलाई रहस्यपूर्ण मानिएको छ। विज्ञ तथा सरोकारवालालाई लक्षित गरेर जम्मा ५०० प्रति मात्रै पुस्तक प्रकाशन गरेको थियो ।

पुस्तकमा नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर उल्लेख छ । नाबी, कुटी, गुञ्जी लगायत लिम्पियाधुरा क्षेत्र समेट्नु अघि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किमि थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २ जेठमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा अतिक्रमित भूभाग सहितको नक्सा सार्वजनिक गर्ने घोषणा गरेकी थिइन् ।

राष्ट्रपतिको घोषणा अनुसारै ५ जेठमा मन्त्रीपरिषद् बैठकले लिम्पियाधुरा सहित भारतद्वारा अतिक्रमित भूभाग समेटेर नक्सा प्रकाशन गर्ने घोषणा गरेको थियो

सम्बन्धित समाचार

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०७७ आश्विन ६, १६: ५०

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...

नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालनको आधार बनाइने : अर्थमन्त्री वाग्ले
नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालनको आधार बनाइने : अर्थमन्त्री वाग्ले
  • २०७७ आश्विन ६, १६: ५०

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालन गर्ने महत्वपूर्ण औजारका रूपमा अघि...

असोज १४ देखि कोशी प्रदेशमा सीप तथा रोजगार मेला
असोज १४ देखि कोशी प्रदेशमा सीप तथा रोजगार मेला
  • २०७७ आश्विन ६, १६: ५०

काठमाडौं : युवा, श्रम तथा रोजगार मन्त्रालयले कोशी प्रदेशमा सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ । मन्त्रालयमा बुधबार...