
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्डसविरुद्ध जारी खेलमा नेपालले जितका लागि १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
पहिले ब्याटिङ गरेको नेपाल ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १५७ रनमा समेटिएको हो।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ४१ रन बनाए। गुलशन झाले २९, दीपेन्द्र सिंह ऐरीले २१, आसिफ शेखले १४ तथा करण केसीले १३ रनको योगदान दिए।
नेदरल्याण्डसका बलर एलेक्स रोय र रोएलोफ भान डेर मेर्वेले समान ३–३ विकेट लिए भने लोगन भान बिकले २ विकेट हात पारे।
नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याउँदै नेदरल्याण्डसले जवाफी ब्याटिङ गरिरहेको छ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेपछि सुदूरपश्चिम रोयल्सका खेलाडी तथा समर्थकले मैदानमा खुसीयाली मनाएका छन्।...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।...
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बनसहित प्रशासनिक तथा आर्थिक प्रतिबन्ध फुकुवा...