
नयाँ विकल्प
काठमाडाैं- सर्वोच्च अदालतले राष्ट्रियसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगराउन अन्तरिम आदेश दिएको छ।
बुधबार न्यायाधीश डा. आनन्द मोहन भट्टराईको एकल इजलासले हालै राष्ट्रिष्यसभा सदस्य नियुक्त भएका गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश दिएको हो।
सरकारले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियाे । राष्ट्रपति विद्यादेवी भण्डारीले सिफारिसमा गत बुधबार बामदेब गाैतमले राष्ट्रिय सभा सदस्यकाे सपथ लिएका थिए ।
बर्दिया क्षेत्र नम्बर-१ बाट प्रत्यक्ष चुनाव हारेका बामदेव गाैतमलाइ राष्ट्रिय सभामा सदस्य बनाउने सरकारी निर्णय विरूद्द वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेपाल सरकार , राष्ट्रपति कार्यालय समेतलाइ विपक्षी बनाइ साे निर्णय बदर गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट निवेदन हालेका थिए ।




धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...