नेदरल्यान्ड्ससँग ५७ रनले पराजित नेपाल, लिग–२ सिरिजका चारै खेलमा हार – Naya Bikalpa
November 22, 2026, Sunday      Epaper

नेदरल्यान्ड्ससँग ५७ रनले पराजित नेपाल, लिग–२ सिरिजका चारै खेलमा हार

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएको छ। यस हारसँगै नेपालले सिरिजका चारै खेल गुमाउँदै निराशाजनक प्रदर्शन गरेको छ।

अन्तिम खेलमा नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२५ रन बनाएको थियो। २२६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमै १६८ रनमा अलआउट भयो।

यस सिरिजभर नेपाल ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विभागमा अपेक्षाअनुसार प्रदर्शन गर्न असफल रह्यो। नेपालले पहिलो खेलमा नामिबियासँग ८ विकेट, दोस्रो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेट, तेस्रो खेलमा नामिबियासँग ३ रन र अन्तिम खेलमा पुनः नेदरल्यान्ड्ससँग ५७ रनले हार बेहोरेको हो।

लगातार चार हारपछि नेपालको विश्वकप लिग–२ को शीर्ष चारभित्र रहँदै विश्वकप छनोटको सम्भावना पनि लगभग समाप्त भएको छ। हाल नेपाल ३२ खेलबाट २४ अंकसहित तालिकाको छैटौं स्थानमा रहेको छ।

नेपालले अब लिग–२ अन्तर्गत अन्तिम सिरिज आगामी अक्टोबरमा ओमानमा खेल्नेछ। उक्त सिरिजमा नेपालले आयोजक ओमान र क्यानडाको सामना गर्ने तालिका छ।

सम्बन्धित समाचार

सुदूरपश्चिम रोयल्स एनपीएल च्याम्पियन, मैदानमा खेलाडी र समर्थकको उत्सव
सुदूरपश्चिम रोयल्स एनपीएल च्याम्पियन, मैदानमा खेलाडी र समर्थकको उत्सव
  • २०८३ श्रावण १४, ०८: ३८

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेपछि सुदूरपश्चिम रोयल्सका खेलाडी तथा समर्थकले मैदानमा खुसीयाली मनाएका छन्।...

एनपीएल फाइनल : सुदूरपश्चिमले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्ने
एनपीएल फाइनल : सुदूरपश्चिमले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्ने
  • २०८३ श्रावण १४, ०८: ३८

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।...

राखेपले एन्फामाथिको प्रतिबन्ध फुकुवा गर्‍यो
राखेपले एन्फामाथिको प्रतिबन्ध फुकुवा गर्‍यो
  • २०८३ श्रावण १४, ०८: ३८

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बनसहित प्रशासनिक तथा आर्थिक प्रतिबन्ध फुकुवा...