करदातालाई आकर्षित गर्न उपहार योजना, रु. १०० माथिको बिल दर्ता गर्न आग्रह – Naya Bikalpa
August 2, 2026, Sunday      Epaper

करदातालाई आकर्षित गर्न उपहार योजना, रु. १०० माथिको बिल दर्ता गर्न आग्रह

काठमाडौं। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्तालाई आफ्नो सक्कल भ्याट वा प्यान बिल दर्ता गर्न आग्रह गरेको छ।

शनिबार जारी सूचनामा विभागले साउन १ गतेयता नगदमा रु. १०० भन्दा बढी मूल्यका वस्तु वा सेवा खरिद गरी सक्कल भ्याट वा प्यान बिल लिएका उपभोक्ताले कार्यक्रममा सहभागी हुन सक्ने जनाएको हो।

विभागका उपमहानिर्देशक तथा सहसचिव जनकराज शर्माका अनुसार यसका लागि विभागले prize.ird.gov.np वेबसाइट सञ्चालनमा ल्याएको छ। योग्य उपभोक्ताले उक्त वेबसाइटमा गएर आफ्नो बिल अपलोड गर्न सक्नेछन्।

विभागले बैंक वा डिजिटल वालेटमार्फत क्यूआर कोड प्रयोग गरी गरिएको रु. १०० भन्दा बढीको भुक्तानी भने प्रणालीमा स्वतः समावेश हुने भएकाले त्यस्ता कारोबारका लागि अहिले छुट्टै बिल दर्ता गर्न आवश्यक नरहेको स्पष्ट पारेको छ। यद्यपि, उपहार घोषणा भएपछि सक्कल बिल अनिवार्य हुने भएकाले सबै बिल सुरक्षित राख्न विभागले आग्रह गरेको छ।

साथै, खरिद गर्दा अनिवार्य रूपमा भ्याट वा प्यान बिल माग्न र बिल उपलब्ध नगराइए विभागलाई जानकारी गराउन पनि उपभोक्तासँग विभागले अनुरोध गरेको छ।

साउन १ गतेदेखि लागू भएको करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत पहिलो १५ दिनको नतिजा आगामी साताभित्र सार्वजनिक गर्ने तयारी भइरहेको विभागले जनाएको छ। प्राविधिक समस्या नआए प्रत्येक दिनका रु. १ लाखका दरले १५ जना विजेता तथा पहिलो १५ दिनको बम्पर उपहारस्वरूप रु. १० लाखका एक जना विजेताको घोषणा गरिने विभागको भनाइ छ।

आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई औपचारिक कर प्रणालीमा आकर्षित गर्ने र बिल लिने संस्कृतिको विकास गर्ने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए। सोहीअनुसार अर्थ मन्त्रालयले असार अन्तिम साता कार्यक्रम सञ्चालन कार्यविधि स्वीकृत गरेको थियो।

सम्बन्धित समाचार

धनकुटा उद्योग वाणिज्य सङ्घको ४६औं साधारणसभा सम्पन्न
धनकुटा उद्योग वाणिज्य सङ्घको ४६औं साधारणसभा सम्पन्न
  • २०८३ श्रावण १७, ०७: ३१

धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको ४६औँ वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रम र बन्दसत्र सम्पन्न भएको छ। नेपाल उद्योग...

भारतीय बजारमा नेपाली थकालीको प्रवेश, जिम्बु थकालीको अन्तर्राष्ट्रिय यात्रा सुरु
भारतीय बजारमा नेपाली थकालीको प्रवेश, जिम्बु थकालीको अन्तर्राष्ट्रिय यात्रा सुरु
  • २०८३ श्रावण १७, ०७: ३१

काठमाडौं : नेपाली थकाली परिकार अब भारतीय बजारमा पनि औपचारिक रूपमा प्रवेश गर्ने भएको छ। काठमाडौंमा स्थापित लोकप्रिय ब्रान्ड जिम्बु...

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन
लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन
  • २०८३ श्रावण १७, ०७: ३१

काठमाडौं : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरेका छन् । बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले...