नेप्सेमा लगातार दोस्रो दिन गिरावट, २१.१५ अंक घट्दा कारोबार ४ अर्ब रुपैयाँमाथि – Naya Bikalpa
August 26, 2026, Wednesday      Epaper

नेप्सेमा लगातार दोस्रो दिन गिरावट, २१.१५ अंक घट्दा कारोबार ४ अर्ब रुपैयाँमाथि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा मंगलबार पनि गिरावट आएको छ। आज नेप्से २१.१५ अंकले घटेर २६६३.१८ विन्दुमा पुगेर बन्द भएको हो।

आज ३४३ वटा कम्पनीका १ करोड ७ लाख ६१ हजार ३९६ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ४ अर्ब ७ करोड ८ लाख ५३ हजार ६१० रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारमा सहभागी सबै उपसमूहका सूचकहरू घटेका छन्, जसले बजारमा समग्र दबाब रहेको संकेत गरेको छ।

व्यक्तिगत कम्पनीतर्फ, एभरेष्ट कलर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने खानी खोला हाइड्रोपावरको शेयर मूल्य १०.०७ प्रतिशतले वृद्धि भएको छ। विपरीत, सप्तकोशी विकास बैंकको शेयर मूल्य सबैभन्दा धेरै १३.४३ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा खानी खोला हाइड्रोपावर अग्रस्थानमा रहँदै ४० करोड ६६ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको छ। त्यसपछि सिद्धार्थ बैंकको १६ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

सम्बन्धित समाचार

सूचना प्रविधिमा लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह
सूचना प्रविधिमा लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह
  • २०८३ श्रावण १९, १७: ०८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रमा कार्यरत युवा उद्यमीहरूलाई निर्धक्क भएर स्वदेशमै लगानी विस्तार गर्न आग्रह गरेका...

नाडा अटो शो नेपालको आर्थिक रूपान्तरणको मार्गचित्र बन्न सक्छ : उपराष्ट्रपति यादव
नाडा अटो शो नेपालको आर्थिक रूपान्तरणको मार्गचित्र बन्न सक्छ : उपराष्ट्रपति यादव
  • २०८३ श्रावण १९, १७: ०८

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नाडा अटो शो व्यापारिक मेला वा सवारी साधनको प्रदर्शनीमा मात्र सीमित नभई नेपालको गतिशीलता,...

इरानी रियाल इतिहासकै कमजोर, एक डलरको मूल्य २० लाख रियाल नाघ्यो
इरानी रियाल इतिहासकै कमजोर, एक डलरको मूल्य २० लाख रियाल नाघ्यो
  • २०८३ श्रावण १९, १७: ०८

काठमाडौं ।  अमेरिकाले थप कडा प्रतिबन्ध घोषणा गर्ने तयारी गरिरहेका बेला इरानी मुद्रा रियाल इतिहासकै कमजोर अवस्थामा पुगेको छ। अनौपचारिक...