
काठमाडौँ : नेपाली कांग्रेसले कोशी प्रदेश सरकारलाई यसअघि दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिने निर्णय गरेको छ ।
बुधबार बसेको कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले सरकारलाई प्रदान गर्दै आएको समर्थन कायम नराख्ने निर्णय गरेको हो । कांग्रेससँगको राजनीतिक सहकार्य समाप्त भएपछि हाल कोशीमा नेकपा एमाले र नेकपाको सहभागितामा सरकार सञ्चालनमा रहेको छ ।
कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले संसदीय दलको बैठकबाट समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिए । उनका अनुसार अब काँग्रेस प्रदेशसभामा सरकारको प्रतिपक्षमा रहनेछ ।
समर्थन फिर्तापछि कांग्रेसले प्रदेशसभामा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनाएको छ । सरकारका कामकारबाहीमाथि आवश्यक निगरानी राख्दै प्रदेशको सार्वजनिक हितसँग सम्बन्धित विषयमा जिम्मेवार ढंगले प्रस्तुत हुने कांग्रेसको भनाइ छ ।
हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुखको कार्यालय...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले संवैधानिक निकायमाथि प्रश्न उठाउँदा तथ्यमा आधारित भएर ती...
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...